Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

साम्प्डोरियालाई २–० गोलअन्तरले हराउँदै लगातार नवौंपटक लिग च्याम्पियन बने युभेन्ट्स

साम्प्डोरियालाई २–० गोलअन्तरले हराउँदै लगातार नवौंपटक लिग च्याम्पियन बने युभेन्ट्स

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १२, २०७७ सोमवार • ०९:२४:५४ बजे
  • 1.5K
    SHARES
  • साम्प्डोरियालाई २–० गोलअन्तरले हराउँदै लगातार नवौंपटक लिग च्याम्पियन बने युभेन्ट्स
    युभेन्ट्स लगातार नवौंपटक इटालियन सिरी ए लिग च्याम्पियन बनेको छ । नेपाली समयअनुसार आज बिहान भएको लिगको ३६औं चरणको खेलमा युभेन्ट्सले आफ्नो घरेलु मैदानमा पाहुना टोली साम्प्डोरियालाई २–० गोलअन्तरले हराउँदै लगातार नवौंपटक लिग च्याम्पियन बनेको हो ।

    युभेन्ट्सले लिगका अन्तिम २ खेल बाँकी छँदै उपाधि जित्न सफल भयो । घरेलु मैदान एलियान्ज रंगशालामा युभेन्ट्सलाई उपाधि जित दिलाउन क्रिस्टियानो रोनाल्डोे र फेड्रिको बर्नान्डेचीले गोल गरे ।

    रोनाल्डोले पहिलो हाफको इन्जुरी समयमा मिरेलाम पियानिचले चलाखीपूर्वक दिएको फ्रि किक पासमा आकर्षक गोल गरेका थिए । त्यसपछि खेलको ६७औं मिनेटमा बर्नान्डेचीले दोस्रो गोल थपे । रोनाल्डोको शक्तिशाली प्रहार गोलकिपरबाट रिबाउन्ड भएको बलमा बर्नान्डेचीले सहजै गोल गरेका थिए ।

    खेलको ७७अौं मिनेटमा रेफ्रिले मोर्टेन थोर्स्बाइलाई रातो कार्ड देखाएपछि साम्प्डोरिया दस खेलाडीमा समेटियो । त्यसपछि खेलको अन्तिम समयमा युभेन्ट्सले पेनाल्टी पाएको थियो । तर, रोनाल्डोको पेनाल्टी प्रहार बारमा लागेर फर्किंदा ३२औं लिग गोल गर्नबाट उनी चुके ।

    यस जितसँगै दुई खेल अगावै लिग च्याम्पियन बन्न सफल युभेन्ट्सले ३६ खेलबाट ८३ अंक बटुलेको छ । युभेन्ट्स २०१०-११ सिजन पछि सम्पन्न ९ सिजनमा लगातार विजेता बन्न सफल भएको छ । त्यस्तै तालिकामा पन्ध्रौं स्थानमा रहेको साम्प्डोरियाको समान ३६ खेलबाट ४१ अंक रहेको छ ।

    त्यसअघि भएको खेलमा युरोपियन गोल्डेन बुटको दौडमा रहेका फरवार्ड सिरो इम्मोबाइलले दुई पेनाल्टीसहित ह्याट्रिक गोल गरेपछि सिरी ए लिग फुटबलमा लाजियोले सहज जित निकालेको थियो । अवे मैदानमा लाजियोले भेरोनालाई ५-१ गोलअन्तरले हराउनेक्रममा सिरोले महत्त्वपूर्ण २ गोल गरे ।

    यस खेलमा गरेको ३ गोलसँगै सिरोले गोल्डेन बुट दौडमा शीर्ष स्थानमा रहेका जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्कीको सर्वाधिक ३४ गोलसँग बराबरी गरेका छन् । यता, युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोभन्दा उनी अब ३ गोलले अघि बढेका छन् ।एजेन्सी

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology