एजेन्सी । आज सम्पन्न समूह 'एफ'को यूईएफए युरो कप अन्तर्गतको दोस्रो खेलमा फ्रान्सले जर्मनीमाथि १ - ० को जित निकालेको छ । जर्मनीको एलिनाज एरेनामा सम्पन्न समूह 'एफ'को खेलमा फ्रान्सले घरेलु टोलीमाथि १-० को जित निकालेको हो।
खेलको २० औं मिनेटमा जर्मनीका डिफेन्डर म्याट हमेल्सको आत्मघाती गोलबाट फ्रान्सले अग्रता बनाएको थियो। लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्राममा उनी आफ्नै पोस्टमा प्रहार गर्न पुगेका थिए। दोस्रो हाफमा फ्रान्सका लागि किलियन एम्बाप्पे र करिम बेन्जेमाले गरेको गोल रेफ्रीले अफसाइड करार दिएका थिए।
उता जर्मनीले राम्रा अवसरहरु बनाएर पनि फिनिसिङमा चुकेको थियो। र, साँघुरो अन्तरले जित निकाल्दै फ्रान्सले प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
योसँगै ग्रुपअफ डेथ मानिएको समूह एफमा पोर्चुगल र फ्रान्सले जितसँगै सुखर सुरुवात गरेभने जर्मनी र हंगेरी पराजयसँग प्रतियोगितामा सुरुवात गरेका छन्।