एजेन्सी । यूईएफए युरो कप अन्तर्गत खेलमा पोर्चुगलले हंगेरीलाई ३-० ले हराएको छ। फेरेन्क पुस्कास एरेना स्टेडियममा सम्पन्न खेलमा पोर्चुगलले घरेलु टोलीमाथि ३-० को सानदार जित निकालेको हो। खेलको ८४ औं मिनेटमा राफेल गुएर्रइरोले अग्रता बनाएका थिए। त्यसको तीन मिनेट नबित्दै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै कप्तान क्रिस्टियानो रोनाल्डोले गोल थपे। त्यस्तै ९२ औं मिनेटमा रोनाल्डोले नै ब्यक्तिगत दोस्रो गोल थप्दा पोर्चुगलले ३-० को सहज जित निकाल्दै 'ग्रुप अफ डेथ' मानिएको समूह 'एफ' मा तीन अंक जोडेको छ।