Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एप्पलको नयाँ स्मार्ट घडीमा रगतविनै सुगर परीक्षण, ज्वरो आउँदा अलर्ट

एप्पलको नयाँ स्मार्ट घडीमा रगतविनै सुगर परीक्षण, ज्वरो आउँदा अलर्ट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०७८ बुधवार • १९:१५:२९ बजे
  • 1.6K
    SHARES
  • एप्पलको नयाँ स्मार्ट घडीमा रगतविनै सुगर परीक्षण, ज्वरो आउँदा अलर्ट

    एजेन्सी / आफ्नो नयाँ संस्करणको स्मार्ट घडी अर्थात् एप्पल वाच निर्माणमा एप्पलले जोडतोडका साथ काम गरिरहेको छ । उक्त नयाँ संस्करणको एप्पल वाचलाई एक्सट्रिम स्पोर्ट मोडेल भनिएको छ ।

    images

    नयाँ एप्पल वाचमा उत्कृष्ट डिस्प्ले तथा स्पीडका साथै स्वास्थ्यसँग सम्बन्धित विभिन्न अत्याधुनिक फिचरहरु हुने बताइएको छ । नयाँ एप्पल वाचमा रहने स्वास्थ्य सम्बद्ध फिचरमध्ये शरीरको तापक्रम तथा रगतमा चिनीको मात्रा नाप्ने सेन्सर सबैभन्दा महत्वपूर्ण मानिएको छ ।एप्पल वाच सिरिज सेभेनको नयाँ स्मार्ट घडीमा उच्च क्षमतायुक्त प्रोसेसर हुनेछ भने वायरलेस कनेक्टिभिटी तथा अपग्रेडेड स्क्रिन पनि देख्न पाइनेछ ।

    यही वर्ष बजारमा ल्याउने नयाँ मोडेलको एप्पल बाचमा शरीरको तापक्रम मापक सेन्सर राख्ने लक्ष्य राखिएको थियो तर सन् २०२२ मा लञ्च हुने एप्पल वाचको मोडेलमा मात्र उक्त फिचर हुने सम्भावना रहेको छ ।एप्पल वाचमा हुने ब्लड सुगर सेन्सरले मधुमेहका रोगीहरुको रगतको ग्लूकोजको मात्राको नियमित निगरानी गर्नमा सहयोग गर्नेछ।

    हाल शरीरको तापक्रम मापन गर्नु भनेको कोभिड-१९ संक्रमण परीक्षणका लागि समेत एक अनिवार्य हिस्सा बनेको अवस्था छ । जसका कारण विभिन्न तापमापक यन्त्र तथा ग्याजेटहरुको माग निकै उच्च बनिरहेको छ । कतिपय कम्पनीहरुले स साना डिजिटल थर्मोमिटर समेत ल्याएका छन् जो स्मार्ट फोनको चार्जिङ पोर्टले समेत चार्ज हुन्छन्।

    आफ्नो स्मार्ट घडीमा शरीरको तापक्रम मापक सेन्सर जोडेसँगै एप्पलले अन्य स्मार्टवाच तथा फिटनेस ब्याण्डसँग प्रतिस्पर्धामा उत्रिनेछ । यसबाट एप्पलको स्मार्ट घडीले गुगल कम्पनीको फिटबिटसँगै गार्मिन तथा क्यासिओ  समेत प्रतिस्पर्धा गर्नुपर्नेछ ।

    छालाका माध्यमबाट रगतको चिनी पत्ता लगाउने

    ब्लड सुगरको निगरानी गर्ने स्मार्ट फिचरमाथि एप्पलले लामो समयदेखि अनुसन्धान गरिरहेको छ र यो फिचर एप्पलको त्यस्तो फिचर हुनेछ जुन अहिलेसम्म उसका कुनै पनि प्रतिस्पर्धीहरुले आफ्ना स्मार्ट घडीमा ल्याएका छैनन् ।

    हालसम्म एप्पल तथा अरु समेत ती एपहरुमाथि विश्वास गर्नुपरेको छ जसले प्रयोगकर्ताहरुलाई आफ्नो ग्लूकोजको स्तरलाई आफैले इनपुट गर्नुपर्दछ ।

    त्यस्तै डेक्सकम जस्तो चिकित्सा उपकरण कम्पनीले ब्लड सुगर मापन गरी एप्पल वाचसँग डाटा शेयर गर्दछ । हालसम्म मानिसको रगतको सुगरको मात्रा तत्कालै मापन गर्नका लागि औँलाको टुप्पामा प्वाल पारेर रगत निकालिन्छ । तर एप्पलले आफ्नो स्मार्टघडीमा यस्तो फिचर ल्याउने तयारी गरेको छ जसले रगतविना नै मानिसको छालाको माध्यमबाटै ब्लड सुगरको मात्रा पत्ता लगाउनेछ ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology