Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ८२ संक्रमणमुक्त, ५२ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ८२ संक्रमणमुक्त, ५२ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०७८ बुधवार • १९:४५:२४ बजे
  • 676
    SHARES
  • देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ८२ संक्रमणमुक्त, ५२ जनाको मृत्यु

    देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६८७ जनाको पीसीआर र ४ हजार ३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८२ छ । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५ लाख ४३ हजार ५२१ रहेको छ। आजसम्म कुल संक्रमित भएकामध्ये ८८.४९ प्रतिशत निको भएको, १०.१२ प्रतिशत सक्रिय रहेको र १.३९ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थप ५२ जनाको संक्रमणका कारण मृत्यु भएको छ।

    हालसम्म कोरोनाबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ । जसमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४ हजार ३११ जना संस्थागत आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला ४३ छन्।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology