Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

म्याग्दीको रुममा पहिरोले विद्युत गृह सहित चार घर बगायो ,१४ घर उच्च जोखिममा

म्याग्दीको रुममा पहिरोले विद्युत गृह सहित चार घर बगायो ,१४ घर उच्च जोखिममा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०७८ बुधवार • २०:०९:०४ बजे
  • 1.4K
    SHARES
  • म्याग्दीको रुममा पहिरोले  विद्युत गृह सहित चार घर बगायो ,१४ घर उच्च जोखिममा

    पहिरोले म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ मा ठुलो क्षती पु¥याएको छ । वडा अध्यक्ष नरबहादुर पुनका अनुसार बुधबार खोलामा आएको बाढी र पहिरोले विद्युत गृह सहित चार घर बगाएको छ भने १४ घर पहिरोको उच्च जोखिमा रहेका छन् । बेलीमा पुनमला कामी ,देउबहादुर कामी ,खहरे खोलाका टेकबहादुुर हर्मेल र रुमकी रैमति बिकको घर बगाएको हो ।

    images

     २२ किलोवाट क्षमताको पात्लेखहरे लघुजलविद्युत परियोजनाको विद्युतगृह बगाएको छ । विद्युतगृहको सामग्री भने निकालिएको छ । यसैगरी बेलीमा थामी कामी, रनबहादुर दमाई ,बिर्ख बहादुर कामी ,सकबहादुुर कामी ,खडकमान बिक ,रनबहादुर हर्मेल ,जगबहादुर कामी ,सुरबिर कामी ,थक बहादुर कामी , लालु पुन ,ताराबहादुर पुन र अम्मर बहादुर पुन ,जेममा दुर्गे पुन र भरीबहादुर कामीको घर उच्च जोखिममा छ ।

    विस्थापित परिवारलाई छिमेकीको घरमा सारिएको छ । ‘अविरल रुपमा परेको बर्षाका कारण जमिन भासिएर ,बाढी–पहिरोले विद्युतगृह लगायत विभिन्न बस्तीमा ठुलो क्षती पु¥याएको छ ,’पुनले भन्नुभयो ,‘प्रभावित परिवारलाई उद्धार गरेर छिमेककीको घरमा सारेका छौ । विद्युतगृह बगाउँदा ३६० घरधुरी अन्धकारमा बस्न बाध्य भएको उहाँको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # १४ घर उच्च जोखिममा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology