Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

थुनिएको नदी एक्कासी खोलिँदा मेलम्चीमा बाढीको वितण्डा

थुनिएको नदी एक्कासी खोलिँदा मेलम्चीमा बाढीको वितण्डा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०७८ बुधवार • २२:०४:५४ बजे
  • 1.6K
    SHARES
  • थुनिएको नदी एक्कासी खोलिँदा मेलम्चीमा बाढीको वितण्डा

    पहिरोले मेलम्ची नदी थुनिएको र उक्त बाँध एक्कासी फुट्दा मेलम्ची बजार डुवाउने गरी बाढी आएको पाइएको छ । मंगलबार राति एक्कासी मेलम्ची नदीमा बाढी आउँदा मेलम्ची बजारको तल्लो क्षेत्र डुवानमा परेको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार मेलम्चीमा आएको बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका २० जना हराएका छन् ।

    images

    शव फेला परेका एक जनाको सनाखत हुन सकेको छैन । सम्पर्कविहीन भएका २० जनामध्ये ३ जना भारतीय र ३ जना चिनियाँ नागरिक छन् । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले ७४ जनालाई सकुशल उद्धार गरेको छ । एक चिनियाँ नागरिकसहित ५ जना घाइतेलाई धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

    बाढीले मेलम्ची नगरपालिकाका ६०० जना, हेलम्बु गाउँपालिकाका ३०० जना स्थानीय वासिन्दा प्रभावित भएका छन् । हेलम्बु गाउँपालिकाका ३ वटा र मेलम्चीमा एउटा झोलुंगे पुल, हेलम्बु गाउँपालिकामा ३ वटा र मेलम्चीमा एउटा पक्की पुल बाढीले बगाएको छ । बुधबार हेलिकप्टरबाट गरेको निरीक्षणका क्रममा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ३ भोताङस्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने लार्के भन्ने ठाउँमा ठूलो पहिरो गएको पाइएको हो ।

    उक्त पहिरोले मेलम्ची नदी थुनिएर ठूलो दह बनेको फुटेर बाढी आएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । थुनिएको मेलम्ची नदी एक्कासी पहिरोको माटोसहित बग्दा मेलम्ची बजार तहसनहस भएको हो । मेलम्ची बजार डुवानमा परेपछि स्थानीय वासिन्दा इन्द्रेश्वर माध्यमिक विद्यालय र प्रहरी चौकी भएको क्षेत्रमा आश्रय लिएर बसेका छन् ।अनलाइनखबर

     

    Sindhupalchok-flood-1.jpg

    Sindhupalchok-flood-2.jpg

    Sindhupalchok-flood-3.jpg

  • सम्बन्धित विषय:

  • # मेलम्चीमा बाढी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology