Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाउँदा ४ अर्ब डलर नोक्सान

रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाउँदा ४ अर्ब डलर नोक्सान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३, २०७८ बिहिवार • १२:३४:१९ बजे
  • 1.1K
    SHARES
  • रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाउँदा  ४ अर्ब डलर नोक्सान

    पोर्चुगलको फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोले प्रेस कन्फिरेन्सका क्रममा कोकाकोलाका दुईवटा बोतल हटाउँदा कम्पनीको शेयरमा उच्च गिरावट आएको छ । रोनाल्डोले बोतल हटार पानी पिउन आग्रह गर्दा कोकाकोला कम्पनीलाई ४ अर्ब डलर नोक्सान भएको हो ।

    images

    उनका कारण शेयरबजारमा कम्पनीको शेयरमूल्य ५६.१० डलरबाट १.६ प्रतिशतले घटेर ५५.२२ डलरमा आइपुगेको थियो । अस्ट्रेलियन एसोसिएटेड प्रेसका अनुसार शेयरमूल्यमा उच्च गिरावटका कारण कोकाकोलाको मार्केट भ्यालू २४२ अर्ब डलरबाट घटेर २३८ अर्ब डलर भएको छ । कोका-कोला ११ देशमा भइरहेको युरोकपको अफिसियल स्पोन्सर हो ।

    ३६ वर्षीय रोनाल्डो आफ्नो अनुशासित डाइटका कारण पनि परिचित छन् । उनी आफूलाई फिट राख्नका लागि कुनै पनि प्रकारका कोल्ड ड्रिंक र प्याकेटका खानेकुरा नगर्न बताउँछन् । उनले भिडियोमा कोका-कोलाका बोतल हटाउँदै पानी पिउन आग्रह गरेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # ४ अर्ब डलर नोक्सान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology