Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अर्जे खोलामा मोटरेवल पुल छैन, ज्यान जोखिममा राखेर तर्न बाध्य छन् मंगलाका स्थानीय (फोटो फिचर)

अर्जे खोलामा मोटरेवल पुल छैन, ज्यान जोखिममा राखेर तर्न बाध्य छन् मंगलाका स्थानीय (फोटो फिचर)

चन्द्र गाेतामे

चन्द्र गाेतामे

श्रावण १२, २०७७ सोमवार • ११:२१:४९ बजे
  • 6.7K
    SHARES
  • अर्जे खोलामा मोटरेवल पुल छैन, ज्यान जोखिममा राखेर तर्न बाध्य छन् मंगलाका स्थानीय (फोटो फिचर)
    म्याग्दी – म्याग्दी जिल्लाको मंगला गाउँपालिका–३ र बेनी नगरपालिका–४ को सिमनामा बग्ने अर्जे खोलामा मोटरेवल पुल नहुँदा बर्षायाममा स्थानीयलाई धेरै सास्ती भएको छ ।

    म्याग्दीको सदरमुकाम बेनी नगरपालिका र मंगला गाउँपालिका– ३, ४, ५ र बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका जोड्ने सडकमा गुड्ने ढुवानीका गाडी, प्राइभेट तथा सार्वजनिक गाडीका लागि अर्जे खोलामा मोटरेवल पुल नहुँदा बर्षायाममा स्थानीयले वर्षेनी सास्ती भोग्नु परेको छ ।

    2.jpgअर्जे खोलामा बर्षायाममा पानीको वहाव निकै बढ्ने गर्छ । जब बर्षायाम शुरु हुन्छ अनि मंगला गाउँपालिका– ३ र ४ का स्थानीयलाई आवतजावत गर्न निकै समस्या परेको छ । साथै खाद्यान्नका लागि ढुवानीका गाडी समेत बर्षायाममा अर्जे खोलामा पानीको वहाव बढे्ने हुनाले समयमा पुग्न नसक्नाले गाउँमा खाद्यान्नको समस्या हुने गरेको छ । गाउँमा उत्पादन भएका तरकारी, फलफुल, दुध लगायतका सामान बेनी नगरपालीका सम्म पुर्याउन पनि कठिन भएको स्थानीयको गुनासो छ । त्यस्तै, सरकारी कामकाजका लागि पनि ज्यान जोखिममा राखेर खोला तर्नुपरेको स्थानीयको गुनासो छ । अर्को बैकल्पिक मोटर बाटो नभएको हुँदा २ देखी ३ घन्टा सम्म पर्खिएर पानीको वहाव अलि कम भए पछि चालक सहित यात्रुले आफ्नो ज्यान जोखिममा राखेर खोलामा गाडी तार्ने गरेका छन् ।

    3.jpgअर्जे खोलामा मोटरेवल पुल निर्माणको लागि सरोकारवाला कसैले पनि चासो नदिएको गतिशिल युवा क्लबका सचिब शुवास श्रेष्ठले बताएका छन् । उनले भने बर्षायाममा अर्जे खोलामा पानीको वहाव निकै बढ्छ । कुनै एक दिन ठुलै दुर्घटना हुन सक्छ । यस बिषयमा सरोकारवालाले ध्यान दिनु जरूरी छ । गाउँका जन-प्रतिनिधि, बुद्धिजिवी समेतले अर्जे खोलामा मोटरेवल पुल निर्माण गर्न कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ।
    4.jpg
    5.jpg
    तस्विर - शुवास श्रेष्ठकाे फेसबुकवालबाट

  • सम्बन्धित विषय:

  • # म्याग्दी
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology