Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आफ्नो देशलाई जित दिलाएपछि युक्रेनका कप्तान आन्द्रेले उठाए कोककोला र बियरको बोतल

आफ्नो देशलाई जित दिलाएपछि युक्रेनका कप्तान आन्द्रेले उठाए कोककोला र बियरको बोतल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ४, २०७८ शुक्रवार • १४:२९:४६ बजे
  • 1.4K
    SHARES
  • आफ्नो देशलाई जित दिलाएपछि युक्रेनका कप्तान आन्द्रेले  उठाए कोककोला र बियरको बोतल

    एजेन्सी । उत्तरी मेसिडोनियाविरुद्ध आफ्नो देशलाई २ को जित दिलाएपछि युक्रेनका कप्तान आन्द्रे यार्मोलेन्को निकै खुसी देखिए । उनले आफ्नो खुसी दर्शाउने क्रममा पत्रकार सम्मेलनमा कोककोला र बियरको बोतल उठाए ।

    images

    पत्रकारहरुलाई उनले खेलपछि सोधे, के म केही गर्नसक्छु ? रोनाल्डोले कोकाकोलाको बोतल हटाएको मैले भर्खरै देखेको छु । म कोकाकोलालाई यहाँ राख्छु । म हेनीकेन (बियर) लाई त्यसको ठिक अगाडि राख्छु ! मलाई सम्पर्क राख्नुहोला !

    वेस्टह्यामबाट व्यवसाहिक फुटबल खेल्ने ३१ वर्षीय स्ट्राइकरले यसरी खुसी मनाउँदै बियर र कोकाकोलालाई अगाडि राखे । यसअघि रोनाल्डोले कोकाकोलाको बोतल हटाउँदा कम्पनीको शेयर मुल्य नै ४ अर्ब डलरले झरेको थियो ।

    त्यसपछि फ्रान्सका पाउल पोग्बाले पत्रकार सम्मेलनका क्रममा बियरको बोतल हटाएका थिए । त्यस्तै, इटलीका म्यानुअल लोकाटेल्लीले पनि कोकको साटो पानीको बोतल बोकेर हिंडेका थिए । प्रेरणादायी प्रदर्शन पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध २ ० ले पछि परेको अवस्था उल्ट्याउँदै खेल बराबरी गरेपनि अन्तिम यसमा गएर उनको टोली पराजित भएको थियो ।

    उत्तरी मेसिडोनियाविरुद्ध २ १ को जितपछि अब युक्रेनको दोस्रो चरण पुग्ने ढोका खुलेको छ । युक्रेनलाई जित दिलाउने क्रममा कप्तान यार्मोलेन्कोले एक गोल गरे भने अर्को गोलका लागि पास पनि मिलाइदिए । अब, अन्तिम खेलमा अस्ट्रियालाई हराउन सके युक्रेनले दोस्रो चरणको यात्रा गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # यूईएफए युरो कप
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology