Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

डि ब्रुयानेको निर्णायक गोलमा बेल्जियम विजयी

डि ब्रुयानेको निर्णायक गोलमा बेल्जियम विजयी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ४, २०७८ शुक्रवार • १४:३९:४४ बजे
  • 1.3K
    SHARES
  • डि ब्रुयानेको निर्णायक गोलमा बेल्जियम विजयी

    एजेन्सी । कोपेनहेगनमा बेल्जियमका लागि उक्त खेल पक्कै सहज थिएन । तर, एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै उसले आयोजक डेनमार्कलाई २ १ ले स्तब्ध पारेको छ ।

    images

    युसुफ पोल्सेनले खेलको दोस्रो मिनेटमै गोल गर्दै घरेलु समर्थकहलाई निकै उत्साहित बनाए । १० औं मिनेटमा भर्खरै निको भएका क्रिष्ट्रियन इक्रिसनको सम्मानमा एक मिनेट खेल रोकियो । तर, यसका बाबजुद डेनमार्कको लय रोकिएन । पहिलो हाफमा उसले १ ० कै अग्रता बतायो त्यसपछि रोबर्टो मार्टिनेजले केभिड डि ब्रुयानेलाई मैदान पठाए । र, बेल्जियमको आक्रमण तेज भयो । उनले पहिलो गोलका लागि थोर्गान हाजार्डलाई पास दिए ।

    त्यसपछि उनले आफैं बेल्जियमका लागि निर्णायक गोल गरे । बेल्जियमले समूह चरणमा दुई खेलबाट ६ अंक बटुलेको छ । यता, डेनमार्क भने समूहमा अंकविहिन छ । यद्यपी, घरेलु मैदानमा आफुले बलियो बेल्जियमविरुद्ध गरेको प्रदर्शनमा डेनमार्कले गर्व गर्नसक्छ ।

  • सम्बन्धित विषय:

  • # यूईएफए युरो कप
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology