Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

खोप

खोप विकासको प्रयास जारी, ब्रिटेनमा सुरु भयो कोरोनाविरुद्धको दोस्रो चरण मानवीय परीक्षण

खोप विकासको प्रयास जारी, ब्रिटेनमा सुरु भयो कोरोनाविरुद्धको दोस्रो चरण मानवीय परीक्षण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०७७ सोमवार • १४:०२:२३ बजे
  • 1.5K
    SHARES
  • खोप विकासको प्रयास जारी, ब्रिटेनमा सुरु भयो कोरोनाविरुद्धको दोस्रो चरण मानवीय परीक्षण
    एजेन्सी । विश्वब्यापी महामारी बनेको कोरोना भाइरसविरुद्ध विश्वभर खोप विकासको क्रम चलिरहेको छ । थुप्रै मुलुकका वैज्ञानिकहरुले अहिलेसम्म राम्रो नजिता हात पारेको खबरहरु पनि आइरहेका छन ।

    यसै सन्दर्भमा ब्रिटेनको अक्सफोर्ड युनिभर्सिटीपछि ईम्पेरियल कलेज अफ लण्डन खोप विकास र परीक्षणको दौडमा सफलताको नजिक पुगेको छ । ईम्पेरियल कलेज अफ लण्डनले विकास गरेको कोवासी वान (सिओविएसी वान) को दोस्रो चरणको मानवीय परीक्षण सुरु भएको हो ।
    यसका लागि ब्रिटेन सरकारले ५६० करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । कोवासी वान भ्याक्सिनको पहिलो मानवीय परीक्षणका क्रममा ९० जनालाई सहभागी गराइएको थियो ।

    त्यो परीक्षणमा सकरात्मक र सुरक्षित परिणाम आएकाले दोस्रो परीक्षणका लागि उत्साहित भएको ईम्पेरियल कलेज अफ लण्डनका सरुवा रोग विभागका डा.प्रोफेसर रबिन शेटाकले बताए ।
    दोस्रो चरणको परीक्षणमा १८ देखि ७५ बर्ष उमेर समुहका ३०० जनालाई सहभागी गराइएको छ । यो परीक्षणको नेतृत्व गरिरहेका डाक्टर केटरिना पोलाकका अनुसार पहिलो चरणको परीक्षणको नतिजा राम्रो आएकाले दोस्रो चरणको परीक्षण गर्न लागिएको हो ।
    यो भ्याक्सिन भाइरसको जेनेटिक पदार्थबाट तयार पारिएको हो । यो भ्याक्सिनले कोरोना भाइरसको बाहिरि भागमा हुने स्पाइक प्रोटिनले मानिसको शरीरमा रहेको रोग प्रतिरोधी क्षमता बढाउन सक्रिय बनाउछ र भाइरसलाई नष्ट गर्ने ईम्पेरियल कलेज अफ लण्डनका वैज्ञानिकहरुले बताएका छन ।

    यो दोस्रो चरणको परीक्षण सफल भए आगामी अक्टोबरमा ६००० मानिसमा तेस्रो चरणको परीक्षण गर्ने कलेज अफ लण्डनले योजना बनाएको बेलायती अनलाइन सञ्चार संस्था इन्डिपेन्डेन्टले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology