Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अस्ट्रियालाई हराउँदै नेदरल्यान्डस् युरोकप फुटबलको अन्तिम १६ मा

अस्ट्रियालाई हराउँदै नेदरल्यान्डस् युरोकप फुटबलको अन्तिम १६ मा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ४, २०७८ शुक्रवार • १५:०४:३४ बजे
  • 1.6K
    SHARES
  • अस्ट्रियालाई हराउँदै नेदरल्यान्डस् युरोकप फुटबलको अन्तिम १६ मा

    पोखरा । अस्ट्रियालाई २–० ले हराउँदै नेदरल्यान्डस् युरोकप फुटबलको अन्तिम १६ मा पुगेको छ । अन्तिम खेल खेल्न बाँकी छँदै समूह सीबाट विजेताका रुपमा नेदरल्यान्डस्ले दोस्रो चरणमा स्थान बनाएको हो ।

    images

    नेदरल्यान्डस्लाई खेलको ११ औं मिनेटमै मेम्फिस डेपेले पेनाल्टीमार्फत अग्रता दिलाए । तर त्यसपछि उनले पहिलो हाफमा एकपछि अर्का उत्कृष्ट अवसर गुमाए ।

    खेलको ६७ औं मिनेटमा डेन्चेजल डुमफ्राईजले नेदरल्यान्डस्को अग्रता दोब्ब पारे । यही समूहको अर्को खेलमा युक्रेनले उत्तरी मेसिडोनियालाई २–१ ले हराउँदै समूहमा दोस्रो हुने संभावना कायम राखेको छ । युक्रेनका लागि २९ मिनेटमा कप्तान आन्द्रे यार्मोलेन्को र ३४ मिनेटमा रोम यारेमचुकले एक–एक गोल गरे । इज्जान अलीओस्कीले अस्ट्रियाबाट ५७ मिनेटमा एकमात्रै गोल फर्काए ।

    अब, अस्ट्रिया र युक्रेनबीचको खेलले समूहमा दोस्रो हुने टोलीको निर्धारण गर्नेछ । त्यस्तै, समूहचरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्डस्ले उत्तरी मेसिडोनियाको सामना गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # यूईएफए युरो कप
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology