Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दमौली अस्पताल सर्वाेत्कृष्ट बन्न सफल,सरकारले अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गर्ने

दमौली अस्पताल सर्वाेत्कृष्ट बन्न सफल,सरकारले अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गर्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ ५, २०७८ शनिवार • ०९:४५:०० बजे
  • 751
    SHARES
  • दमौली अस्पताल सर्वाेत्कृष्ट बन्न सफल,सरकारले अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गर्ने

    तनहुँ । दमौली अस्पताल गण्डकी प्रदेशका जिल्ला अस्पतालमध्ये सर्वाेत्कृष्ट बन्न सफल भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले गरेको मूल्याङ्कनमा सो अस्पताल यस वर्ष प्रथम भएको हो । मन्त्रालयले सुशासन तथा व्यवस्थापन, उपचार सेवा व्यवस्थापन र अस्पताल सहयोग सेवाका आधार लगायत विभिन्न मापदण्डका आधारमा मूल्याङ्कन गर्ने गर्दछ ।

    images

    गतवर्ष सो अस्पतालले दोस्रो स्थान प्राप्त गरेको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालको विभिन्न मापदण्डका मूल्याङ्कनमा ६१ प्रतिशत अङ्क हासिल गरी प्रथम हुन सफल भएको जानकारी दिनुभयो । “कोभिडका कारण अस्पतालका नियमित सेवाहरु अवरुद्ध हुँदा प्रतिशत घटेको हो, अस्पतालको मात्र नभइ सबै जिल्ला अस्पतालका अङ्क घटेका छन्,” उहाँले भन्नुभयो ।

    कोभिड सङ्क्रमितको उपचारका लागि अस्पतालमा प्रसूति सेवा स्थगित गरिएको छ । बहिरङ्ग कक्षलाई पनि कोरोना कक्ष बनाइएको छ । अस्पतालले जिल्लामै पहिलो पटक थाइराइड सेवा शुरुआत गरिसकेको छ । अस्पतालले भेन्टिलेटर सहितको सघन उपचार कक्ष सहित दाँत र आँखा सेवा पनि सञ्चालनमा ल्याएको छ ।

    ट्रमा सेन्टर बनाइने

    प्रदेश सरकारले अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गर्ने जनाएको छ । प्रदेश सरकारद्वारा हालै जारी नयाँ बजेटमा जिल्ला अस्पताललाई ट्रमाका रुपमा स्तरोन्नति गर्ने उल्लेख छ । साथै अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्ने तयारी गरिँदै छ । यसका लागि विसं २०६२ मा नै अनुमति प्राप्त गरेको जनाइएको छ । विसं २०३४ स्वास्थ्यचौकी, विसं २०५५ प्राथमिक स्वास्थ्य केन्द्र र विसं २०५९ मा अस्पतालमा स्तरोन्नति भएको थियो ।रासस

  • सम्बन्धित विषय:

  • # दमौली अस्पताल
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology