Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाबाट भारतीय नागरिक सहित देशभर ज्यान गुमाउनेको संख्या ४८ पुग्यो

कोरोनाबाट भारतीय नागरिक सहित देशभर ज्यान गुमाउनेको संख्या ४८ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०७७ सोमवार • १७:१३:११ बजे
  • 1.1K
    SHARES
  • कोरोनाबाट   भारतीय नागरिक  सहित देशभर ज्यान गुमाउनेको संख्या ४८ पुग्यो

    पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट तीनजनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा तीनजनाको ज्यान गएको जनाएको छ ।

    images

    त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बाराको फेटा घर भएका ६० वर्षीय पुरुषको आज मृत्यु भएको छ । उनी निमोनिया, मस्तिष्कघात लगायतका स्वास्थ्य समस्याबाट पीडित रहेका थिए । शिक्षण अस्पतालमा उपचारकै क्रममा आज ती पुरुषको मृत्यु भएको हो । 

    त्यस्तै पर्साको वीरगञ्ज बस्ने ६५ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । भारतीय नागरिक ती पुरुषको गण्डक अस्पतालमा हिजो मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै धनुषाको डुमरियाका ३६ वर्षीय पुरुषको पनि हिजो नै मृत्यु भएको छ । जनकपुरबाट रेफर गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा उनको बाटोमै हिजो मृत्यु भएको हो । उनी साउन १० गतेदेखि जनकपुरमा उपचाररत थिए ।

    नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८ पुगेको बताए । थपिएका १ सय ३९ जनासहित देशभर संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको उनले जानकारी दिए ।

    संक्रमितमध्ये १३ हजार ७ सय ५४ जना उपचारपछि घर फर्किएका छन् भने ४८ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology