Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वकप छनोटमा एशियाबाट यी १२ राष्ट्र भिड्ने

विश्वकप छनोटमा एशियाबाट यी १२ राष्ट्र भिड्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७८ शनिवार • १७:२६:४६ बजे
  • 2.5K
    SHARES
  • विश्वकप छनोटमा एशियाबाट यी १२ राष्ट्र भिड्ने

    एजेन्सी, / कतारमा हुने विश्वकप फुटबल-२०२२ मा एशियाबाट अन्तिम छनोट प्रतिष्पर्धा शुरु हुँदैछ । अन्तिम छनोट चरणमा १२ राष्ट्र पुगेका छन् ।दुई समूहमा बाँडेर १२ देशको गोलाप्रथाबाट ड्र हुनेछ । मलेशियाको राजधानी क्वालालाम्पुरमा जुलाई १ मा ड्र हुनेछ । प्रत्येक समूहमा ६ वटा टिम रहेर छनोट शुरु हुनेछ । प्रत्येक समूहका टोलीले पाँच टोलीसँग दुई वटा प्रतिष्पर्धा गर्नुपर्नेछ । एउटा होम र अर्को अवे गेम हुनेछ ।

    images

    समूह विजेता र उपविजेता सिधै विश्वकपमा छनोट हुनेछन् । दुवै समूहमा तेस्रो हुने टोलीले प्ले अफ खेल्नुपर्नेछ । होम र अवे गरी दुईपटकको प्रतिष्पर्धाबाट विजेता टुंगो लाग्नेछ । उक्त विजेताले अर्को महादेशबाट प्ले अफका लागि छानिएको टोलीसँग प्ले अफ खेल्नुपर्नेछ ।


    प्ले अफमा होम र अवे गरी दुईवटा प्रतिष्पर्धा हुनेछ । विजेता भएमात्र विश्वकपको यात्रा तय हुनेछ । एशिया प्यासिफिकबाट छनोटबाट चार देशको स्थान पक्का नै छ । बाँकी एक राष्ट्रले प्ले अफ खेल्नुपर्ने नियम छ । यसरी एशियाबाट प्रत्येक विश्वकपमा ४ राष्ट्रको स्थान पक्का छ र अर्को एउटा स्थानमा प्ले अफ खेलेर विजेता बनेमा ५ वटा स्थान बन्न सक्छ ।कतार विश्वपकमा भने ५ राष्ट्रको स्थान पक्का छ । कतार आयोजक भएकाले छनोट भइसकेको छ । यसपटक प्ले अफ राष्ट्रले समेत यात्रा तय गरेमा ६ राष्ट्र एशियाबाट छनोट हुन सक्छन् । यसपटक एशियाबाट ६ वटा देश छनोट भई इतिहास बन्न सक्छ ।

    एशियाबाट अन्तिम प्रतिष्पर्धामा समूह विजेता भएर जानेमा सिरिया, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, साउदी अरेबिया, इरान र युएई छन् । आठवटा समूहमा उत्कृष्ट पाँच उपविजेतामा ओमान, चीन, लेबनान, इराक र भियतनाम छन् । कतार आयोजक राष्ट्र भएकाले उसले अन्तिम छनोट खेल्नुपर्ने छैन । कतार आयोजक भएर छनोट भइसकेकाले उपविजेतामध्येबाट पाचौं राष्ट्र भियतनाम अन्तिम प्रतिष्पर्धामा पुगेर इतिहास रच्न सफल भएको छ ।

    एशिया प्यासिफिकबाट यसपटक अन्तिम छनोट प्रतिष्पर्धामा पुगेकामध्ये जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, साउदी अरेबिया, इरान, चीन र इराकले विश्वपक खेलिसकेका छन् । दक्षिण कोरिया विश्वकपको सेमिफाइनलमा पुगिसकेको देश हो । जापान र साउदी अरेबिया पनि क्वाटरफाइनलमा पुगेको इतिहास छ । यी देशहरु नै विश्वकपमा स्थान बनाउन सक्ने सम्भावित देखिएका छन् । लेबनान र भियतनाम पनि बलियो फुटबल शक्तिका रुपमा देखिएका छन् । छनोट चरण निकै प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # विश्वकप छनोट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology