Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्याङ्जामा सोमबार थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

स्याङ्जामा सोमबार थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १२, २०७७ सोमवार • १७:५३:२० बजे
  • 2.1K
    SHARES
  • स्याङ्जामा सोमबार थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

    स्याङ्जामा सोमबार थप १८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीका अनुसार थप १८ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि साउन ६ गते तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्ला प्रहरी कार्यालयमा मात्रै कोरोना संक्रमित हुने प्रहरी कर्मचारीको संख्या २१ पुगेको छ ।

    ‘सोमबार थप १८ जनामा संक्रमण पुष्टि भएको छ । साउन ७ र ८ गते ४ जना थुनुवासहित ९८ जनाको स्वाब संकलन गरिएको थियो,’ डीएसपी अधिकारीले भने, ‘जसमध्ये ३५ जनाको रिपोर्ट आउँदा १८ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको हो । अन्यको रिपोर्ट आउन बाँकी छ ।’

    images

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology