बाग्लुङमा बाढी र पहिरोमा परी चारजनाको मृत्यु भएको छ। गएराति आएको पहिरोले बाग्लुङको तमानखोला गाउँपालिका–२ का पालबहादुर विकको घर पुरिंदा उनका १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको हो ।
पहिरोमा परि पालबहादुरकी श्रमती होमकुमारी गम्भीर घाइते भएकी छिन । त्यस्तै, निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले परिंदा पाँच वर्षीया समीर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सोही गाउँपालिकामै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ। उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।