Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आफ्नै छोराको कुटाइबाट बाबुको मृत्यु

आफ्नै छोराको कुटाइबाट बाबुको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १३, २०७७ मंगलवार • १०:०१:२५ बजे
  • 1.9K
    SHARES
  • आफ्नै छोराको कुटाइबाट बाबुको मृत्यु
    जुम्ला- जुम्लाका आफ्नै छोराको कुटाइबाट बाबुको मृत्यु भएको छ ।

     जुम्ला कनकासुन्दरी गाउँपालिका-४ निवासी ३५ वर्षीय छोरा ऐनबहादुर शाहीले आफ्नै बुवा ७५ वर्षीय दानबहादुर शाहीलाई कुटपिट गरी हत्या गरेका हुन् ।

    अत्यधिक मदिरा सेवन गरी घर आएका छोराले कुटपिट गर्दा बावुको मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।  धामीका अनुसार घटनापछि घाइते भएका वृद्धलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

    अहिले मृतकको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।साउन १० गते राती कुटपिट भए पनि वृद्धको मृत्यु ११ गते दिउँसो मात्रै भएको हो । मृतक वृद्धको टाउको, आँखा र कोखामा चोटपटक लागेको छ ।

    मृतक नेपाल प्रहरीका पूर्वअसइ समेत हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ऐनबहादुर शाही प्रहरी नियन्त्रणमा छन् । 
    नियन्त्रणपछि उनलाई गाउँ नजिकैको कनकासुन्दरी प्रहरी चौकीमा राखिएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # कुटपिट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology