Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विषालु च्याउ खादा बालिकाको मृत्यु,सात जना सिकिस्त

विषालु च्याउ खादा बालिकाको मृत्यु,सात जना सिकिस्त

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १३, २०७७ मंगलवार • १०:०३:३० बजे
  • 1.7K
    SHARES
  • विषालु च्याउ खादा  बालिकाको मृत्यु,सात जना सिकिस्त
    जाजरकोटको कुशे गाउँपालिका १, स्याँक्रीमा विषालु च्याउ खाएर एक बालिकाको मृत्यु भएको छ। च्याउ खाएर स्थानीय जनक चलाउनेकी ३ वर्षीया छोरी अञ्जना चलाउनेको मृत्यु भएको छ। च्याउ खादा सात जना सिकिस्त बिरामी परेका छन्। 

    उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा अञ्जनाको मृत्यु भएको हो। ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीय कल्पना चलाउने, ९ वर्षीय नीरुता सिंह, १२ वर्षीया धनसरा चलाउने तथा १४ वर्षीय औसरा चलाउने सिकिस्त बिरामी परेका गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले जानकारी दिए। 

    उनीहरुलाई थप उपचारको लागि सुर्खेत लैजना सेनाको हेलिकप्टर मगाइएको अध्यक्ष बस्नेतले जानकारी दिए। जंगलबाट टिपेर ल्याएको च्याउ तीन घरका परिवारले खाएका थिए। उनीहरुको टाँपुचौरको निजी मेडिकलमा उपचार भइरहे पनि उपचार सफल नहुँदा गाउँपालिकाले हेलिकप्टरबाट उद्धार गर्न लागेको अध्यक्ष बस्नेतको भनाइ छ।

  • सम्बन्धित विषय:

  • # च्याउ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology