Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

अनियमितता र भ्रष्टाचार

पोखरा महानगर अनियमितता र भ्रष्टाचारको चंगुलमा

पोखरा महानगर अनियमितता र भ्रष्टाचारको चंगुलमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १३, २०७७ मंगलवार • १०:४४:४२ बजे
  • 1.8K
    SHARES
  • पोखरा महानगर अनियमितता र   भ्रष्टाचारको चंगुलमा
    पोखरा महानगर अनियमितताको चंगुलमा फसेको नेपाली काँग्रेसबाट पोखरा महानगरका विभिन्न वडामा निर्वाचित वडाध्यक्षहरुले  गम्भीर आरोप लगाएका छन् । पोखरा महानगर अनियमितताको अखडा बनेको वडाध्यक्षहरुले नै बताएका हुन ।

    सोमबार संयुक्त पत्रकार सम्मेलन गरेर कांग्रेसबाट निर्वाचित ११ वडाध्यक्षले  ठेक्कापट्टामा अनियमितता भइरहेको, बेरुजु बढेको र महानगर भाडाको लोभमा डुबेको आरोप लगाए ।कर्मचारीसँगको मिलेमतोमा जनप्रतिनिधि नै भ्रष्टाचारमा लागेको आरोप काँग्रेसको आरोप छ ।

    पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस सचेतक एवं पोखरा–९ का वडाध्यक्ष रामराज लामिछानेले पृथ्वीचोकको बसपार्क निर्माणका विषयमा पनि मेयर मानबहादुर जिसीले कुनै चासो नदिएको बताए ।महानगरपालिकाको कामकारबाहीमा विभिन्न विकासका योजना तथा ठेक्का सम्झौतामा एकलौटी गरेको, आफ्नै कार्यकर्ता पोस्ने काम गरेको, विभिन्न घाटहरुको ठेक्का सम्झौतामा अनियमितता गरेको, महानगर स्वामित्वका भवनहरुको घरभाडा आर्थिक चलखेल गरेको, बैंक ग्यारेन्टी नराखेको, पार्किङ ठेक्कावापतको रकम अझै असुल नगरेको वडाध्यक्षको भनाइ छ ।

    पोखरा महानगरको लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै वडाध्यक्ष लामिछानेले पछिल्ला वर्षमा बेरुजु बढेको बताए । होर्डिङ बोर्डको जिम्मा वर्षौंदेखि पोखरा उद्योग वाणिज्य संघलाई नै निरन्तरता दिएको भन्दै त्यसमा मिलेमतोको गन्ध आएको वडाध्यक्षहरुको भनाइ छ ।

    कांग्रेस वडाध्यक्षहरुले ट्राफिक आइल्याण्ड, यात्रु प्रतिक्षालय, मलमुत्र, सोलार लाइट–बोर्ड, फोहरमैला, डस्टविनलगायत बिना टेण्डर आफ्ना मान्छेलाई दिएकाले महानगरको करोडौं राजश्व गुमेको बताए ।

    पोखरा रामघाटको ठेक्का सम्झौता गर्दा राजी कन्ट्रक्सनसँग प्रचलित कानुन एवं प्रकाशित सूचना विपरीत हुने गरी ३ करोड ५ लाख बराबरको रकम बैंक ग्यारेन्टी एवं नगद २ साताभित्र जम्मा गर्ने गरी सम्झौता भएकोमा रकम जम्मा एवं बैंक ग्यारेन्टी पेस नगरेको प्रतिवेदनमा बताइएको छ ।

    जनप्रतिनिधि आउनुअघि बेरुजु करिब २३ करोड भएकोमा हाल कुल १ अर्ब २६ करोड हुन गएको, मालपोत कार्यालयअघि महानगरको सटर विगतमा २५ हजार मासिक भाडा लिइँदै आएकोमा अहिले १०१२ हजारमै सम्झौता गरी आर्थिक हिनामिना गरेको वडाध्यक्षहरुको भनाइ छ ।

    काँग्रेसले रामघाट ठेक्कासम्झौता प्रचलित कानूनविपरीत भएको निष्कर्ष निकालेको छ । राजी कन्स्ट्रक्सनसँग बैंक ज्ञारेण्टी नराखी सम्झौता गरेको र लामो समयसम्म पनि तोकिएको रकम राजश्व खातामा जम्मा नभएको भन्दै लामिछानेले यो सिधैँ अनियमितता भएकोले गम्भीर छानविन हुनुपर्ने माग राखे ।

    जनप्रतिनिधि आउनुअघि २३ करोड रहेको बेरुजु बढेर १ अर्ब २६ करोड पुगेको छ । पोखरा सिर्जनाचोकस्थित महानगरको भवन ७६ लाख पर्नेे गरी भाडामा दिइएकोमा हालसम्म १ करोड ८६ हजार असुल गर्न नसकेको, मालपोत कार्यालयअघिका सटर मिलेमोतोमा सस्तो बनाइएको आरोप काँग्रेसको छ । ‘विगतमा २५ हजार मासिक भाडामा दिइँदै आएको सटर अहिले १०÷१२ हजारमै सम्झौता गरी आर्थिक हिनामिना गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    महालेखापरीक्षकको प्रतिवेदन नै तोडमोड गरिएको र हालसम्म आफूहरुले वास्तविक प्रतिवेदन नपाएको लामिछानेले बताए । यस्तै, मेयरको स्वकीय सचिवमा नासु तोकिए पनि अधिकृतस्तरको तलब सुविधा दिएकोप्रति उनीहरुको आपत्ति छ ।

    विज्ञापन खर्च, इन्धन खर्च, भ्रमण भत्ता खर्च, खाजा खर्च, जिन्सी सामानका खर्चहरु अपारदर्शी गरिएको, विज्ञापन करको बक्यौता कायम रहेको लगायतका गुनासो काँग्रेस वडाध्यक्षहरुको छ । पोखरा महानगरपालिकाका कुल ३३ वटामध्ये ११ वटा वडामा काँग्रेसबाट जितेका वडाध्यक्ष छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology