Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युरो २०२० को नकआउट चरणमा यस्तो बन्यो समीकरण

युरो २०२० को नकआउट चरणमा यस्तो बन्यो समीकरण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०७८ बिहिवार • ०९:१३:१३ बजे
  • 1.4K
    SHARES
  • युरो २०२० को नकआउट चरणमा यस्तो बन्यो समीकरण

    युरोपेली महादेशीय फुटबल प्रतियोगिता युरो २०२० को समूह चरणका खेलहरु सम्पन्न भएका छन् । २४ टोलीबीचको प्रतिस्पर्धामा ८ टोलीको यात्रा नकआउट चरणमा पुग्न सकेन । क्वाटरफाइनल प्रवेशका लागि १६ टोलीबीच प्रतिस्पर्धा हुँदैछ । शनिबारदेखि नकआउट चरणका खेलहरु सुरु हुनेछन् । पहिलो खेलमा समूह ए को उपविजेता वेल्स र समूह बीको उपविजेता डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । अन्तिम १६ का केहि खेलहरु भने निकै नै प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ ।

    images

    किनभने केहि पूर्व च्याम्पियनको यात्रा यो चरणमै समाप्त हुनेछ । जस्तै इंग्ल्याण्ड र जर्मनीले अन्तिम १६ मै भिड्दैछन् । गएराति भएको खेलमा हंगेरीसँग बराबरी गरेपछि समूह एफको दोस्रो स्थानमा पुगेको जर्मनीले समूह डी को शीर्ष स्थानमा रहेको इंग्ल्याण्डसँग खेल्न लागेको हो । समूह ई को उपविजेता बनेको स्पेनले समूह डी को उपविजेता क्रोएसियासँग क्वाटरफाइनल प्रवेशकै लागि खेल्नेछ । दुवै टोलीले समूहमा अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । तर दुवैले समूहको अन्तिम खेलमा प्रभावशाली जित निकालेपछि उनीहरु लयमा फर्किएको अनुमान गर्न सकिन्छ ।

    समूह बी को विजेता बेल्जियमले समूह एफमा तेस्रो भए पनि छनोट भएको पोर्चुगलसँग खेल्नेछ । युरोको साविक विजेता पोर्चुगलले गएराति भएको खेलमा विश्वविजेता फ्रान्ससँग २–२ गोलको बराबरी खेलेको थियो । समूह ए मा शतप्रतिशत जितसहित विजेता बनेको इटलीले समूह सी को उपविजेता अस्ट्रियासँग प्रतिस्पर्धा गर्नेछ ।

    समूह सी बाट विजेता बनेर नकआउट चरणमा पुगेको नेदरल्याण्ड्सले समूह डीमा तेस्रो स्थानमा रहेर पनि नकआउटमा छनोट हुन पाएको चेक रिपब्लिकसँग खेल्नेछ । समूह एफबाट विजेता बनेको फ्रान्सले समूह ए मा तेस्रो स्थानमा रहेर पनि छनोट भएको स्वीटजरल्याण्डसँग खेल्नेछ । समूह ई को विजेता स्वीडेनले समूह सी मा तेस्रो स्थानमा रहेको युक्रेनसँग खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # युरो २०२०
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology