Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

खोपको वृहत परीक्षण सुरु

कोरोनाविरुद्धको खोपको वृहत परीक्षण सुरु, अमेरिकामा ३० हजार जना सहभागी

कोरोनाविरुद्धको खोपको वृहत परीक्षण सुरु, अमेरिकामा ३० हजार जना सहभागी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १३, २०७७ मंगलवार • १४:२९:०१ बजे
  • 2.0K
    SHARES
  • कोरोनाविरुद्धको खोपको वृहत परीक्षण सुरु, अमेरिकामा ३० हजार जना सहभागी
    एजेन्सी । अमेरिकामा कोरोना भाइरसविरुद्ध बनाइएको खोपको अहिलेसम्मकै ठूलो परीक्षण सुरु गरिएको छ । यो क्लिनिकल परीक्षणमा ३० हजार जना सहभागी भएका स्थानीय अधिकारीले बताएका छन् ।

    अमेरिकाको नेसलन इन्स्टिच्युट अफ हेल्थ र मोडर्ना इन्कले बनाएको खोपको वृहत परीक्षण सुरु गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
    परीक्षणमा सहभागी ३० हजार जनालाई दुई डोजका दरले खोप दिएपछि वैज्ञानिकले उनीहरुको अध्ययन गर्दै खोपले कुन समूहमा प्रभावकारी काम गर्‍यो भनेर पत्ता लगाउने छन्। अमेरिकाले बनाइरहेको खोपको यो अन्तिम चरणको परीक्षण हो । एक स्वयंसेवकलाई २८ दिनको अन्तरमा दुई मात्रा दिने तयारी गरिएको कम्पनीले जनाएको छ ।
    यसअघिका परीक्षणमा खोप सुरक्षित देखिएको दावी कम्पनीले गरेको थियो । आउँदो नोभेम्बर महिनासम्ममा यसको नतिजा आएमा सन् २०२१ को सुरुवातमा यो खोप विश्व बजारमा उपलब्ध हुनेछ ।

    तेस्रो चरणको क्लिनिकल परीक्षणमा जाने तीन देशका कम्पनीमा अमेरिका एक हो । यसअघि चीनका दुई र बेलायतको एक कम्पनीले उत्पादन गरेका खोप तेस्रो चरणको क्लिनिकल परीक्षणमा पुगेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology