Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घन्टामा थप २,४७४ जनामा कोरोना पुष्टि, २,५१८ संक्रमणमुक्त

पछिल्लो २४ घन्टामा थप २,४७४ जनामा कोरोना पुष्टि, २,५१८ संक्रमणमुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०७८ बिहिवार • १७:३७:४८ बजे
  • 970
    SHARES
  • पछिल्लो २४ घन्टामा  थप २,४७४ जनामा कोरोना पुष्टि, २,५१८ संक्रमणमुक्त

    नेपालमा २४ घन्टाको अवधिमा २ हजार ४ सय ७४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर ७ हजार २ सय ३५ आरटी पिसिआर र ४ हजार ९ सय ९७ एन्टिजेन गरी कुल १२ हजार २ सय ३२ जनामा परीक्षण गरिएकोमा २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय ३७ जना र भेन्टिलेटरमा २ सय ७ जना उपचाररत छन् । मन्त्रालयका अनुसार बिहीबार देशभरबाट २ हजार ५ सय १८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।

    योसँगै कोरोना जितेर फर्कनेको संख्या ५ लाख ७० हजार ९ सय ५८ पुगेको छ । निको हुने दर ९०.७ प्रतिशत छ । पछिल्लो २४ घन्टाको अवधिमा २४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय १८ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology