Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जापानका फेरि अर्को पटक सङ्कटकाल घोषणा हुन सक्ने स्वास्थ्यमन्त्रीको भनाई

जापानका फेरि अर्को पटक सङ्कटकाल घोषणा हुन सक्ने स्वास्थ्यमन्त्रीको भनाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०७८ शनिवार • १९:५१:२२ बजे
  • 643
    SHARES
  • जापानका फेरि अर्को पटक सङ्कटकाल घोषणा हुन सक्ने स्वास्थ्यमन्त्रीको भनाई

    टोकियो । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दावी गरिएको छ । जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक सङ्कटकाल घोषणा गर्न सक्ने बताएका छन्। उनले कोरोनाभाइरसको महामारी अपेक्षित रुपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले फेरि सङ्कटकाल लगाउन पर्न सक्ने शुक्रबार बताए।

    images

    जापानको राजधानी समेत पर्ने टोकियो महानगरपालिका भित्र मात्रै बिहीबार एक दिनमा ५७० जना नयाँ सङ्क्रमित भेटिएका छन् । टोकियोमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढ्दै गएकाले फेरि सङ्टकालको खतरा बढेको उनले पत्रकार सम्मेलनमा बताए।

    अहिलेको अवस्था हेर्दा सङ्क्रमितको सङ्ख्या थप बढ्दै जाने देखिएको पनि उनले पत्रकारहरुलाई जानकारी दिए। रासस

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology