Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पहिरो

रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु

रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १३, २०७७ मंगलवार • १८:४५:२७ बजे
  • 2.0K
    SHARES
  • रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु
    रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका-९ स्यालाको एक घर सोमबार राति पहिरोले बगाउँदा दुईजनाको मृत्यु भएको हो ।

    रातभर परेको वर्षाका कारण आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाउँदा उनका छोरा २२ वर्षीय नवीन विक र छिमेकी हस्तबहादुर सुनारका छोरा १६ वर्षीय बलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    नवीन र बलबहादुरको शव भेटिएको र चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । जसवीरकी श्रीमती ६० वर्षीय झुपी कामी, बुहारी २२ वर्षीया व्युझना कामी, नातिनी पाँच वर्षीया कोपिला र तीन वर्षीया ऋतु कामीको उद्धार गरिएको हो ।

    झुपीको छिन्खेतस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ । मंगलबार बिहान करिब ४ बजेतिर घरदेखि १० मिटर माथिबाट आएको पहिरोले उक्त घर बगाएर झण्डै डेढ सय मिटर तल रहेको किमाना खोलामा पुर्‍याएको छ ।घरको माथिल्लो तलामा सुतेकालाई प्रहरी र स्थानीयवासीले जीवितै उद्धार गरेका हुन् भने तल्लो तलामा सुतेका नवीन र बलबहादुर घरसँगै बगेका थिए ।पहिरो हटाएर उनीहरुको शव निकालेको घटनास्थलमा रहेका प्रहरी चौकी मग्माका इन्चार्ज प्रहरी सहायक निरीक्षक हरि देवकोटाले बताए ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology