Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इटाली युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश

इटाली युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७८ आइतवार • १०:११:३१ बजे
  • 1.3K
    SHARES
  • इटाली युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश

    इटाली युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार विहान सकिएको खेलमा इटालीले अस्ट्रियामाथि २-१  को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। 

    images

    खेलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा इटालीले दुई गोल गर्‍यो। 

    खेलको ९५ मिनेटमा सब्स्सिच्युट खेलाडी फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाए। उनले इपिन्जोलाको पासमा गोल गरेका थिए। 

    इटालीले खेलको १०५ मिनेटमा दोस्रो गोल गर्‍यो। माटेओ पेसिनाले इटालीका लागि दोस्रो गोल गरेका हुन्। उनलाई गोल गर्न आर्सबीले पास दिए। 

    अस्ट्रियाका लागि कालजडिकले ११४ मिनेटमा गोल फर्काउँदै टिमलाई खेलमा फर्काउने कोशिस गरेका थिए। यो इटालीेले जारी युरो २०२० मा खाएको पहिलो गोल हो।

    अब अन्तिम आठमा इटालीले बेल्जियम वा पोर्चुगल मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ। 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology