Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेदरल्याण्ड्सलाई पराजित गर्दै चेक रिपब्लिक युरोकप २०२० को क्वाटरफाइनलमा

नेदरल्याण्ड्सलाई पराजित गर्दै चेक रिपब्लिक युरोकप २०२० को क्वाटरफाइनलमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १४, २०७८ सोमवार • १०:३१:११ बजे
  • 1.1K
    SHARES
  • नेदरल्याण्ड्सलाई पराजित गर्दै चेक रिपब्लिक युरोकप २०२० को क्वाटरफाइनलमा

    एजेन्सी । नेदरल्याण्ड्सलाई पराजित गर्दै चेक रिपब्लिक युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार हंगेरीको बुढापेस्टस्थित पुस्कास एरेनामा भएको खेलमा चेकले १० खेलाडीको नेदरल्याण्ड्सलाई २-० ले पराजित गरेको हो ।

    images

    चेकका लागि टोमस होल्स र प्याट्रिक सिकले गोल गरे । समूह ‘डी’ को तेस्रो बन्दै अन्तिम १६ मा पुगेको चेकले समूह ‘सी’ मा तीनवटै खेल जित्दै विजेता बनेको नेदरल्याण्ड्सलाई पराजित गरेको हो । चेकले अब क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । हारपछि नेदरल्याण्ड्स बाहिरिएको छ ।

    पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चेक रिपब्लिकले दुई गोल गरेको थियो । ५५औं मिनेटमा नेदरल्याण्ड्सका माथिस डि लिग्टले रातो कार्ड पाएपछि त्यसैको फाइदा उठाउँदै चेकले दुई गोल गर्‍यो । ५५औं मिनेटमा माथिस डे लिग्ट रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि नेदरल्याण्ड्स १० खेलाडीमा समेटिएको थियो । बल ह्याण्ड गरेकोले भिएआर रिभ्युपछि डे लिग्टलाई रातो कार्ड देखाइएको थियो ।

    ६८औं मिनेटमा टोमस होल्सले टोमस क्लासको पासमा हेडरमार्फत गोल गर्द अग्रता दिलाए । ८०औं मिनेटमा प्याट्रिक सिकले गोल गर्दै चेकको अग्रता दोब्बर पारे ।

    उनले पहिलो गोल गरेका होल्सको क्रसमा गोल गरेका हुन् । १६ टिमको युरोकप हुँदा सन् २०१२ मा क्वाटरफाइनल खेलेको चेक त्यसपछि पहिलो पटक क्वाटरफाइनल पुगेको हो । सन् २००४ को समूह चरणमा चेकले नेदरल्याण्ड्सलाई ३-२ ले पराजित गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # युरोकप
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology