Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रस्तावित प्रधानसेनापती

चर्चित "कटुवाल काण्ड" का प्रस्तावित प्रधानसेनापती पूर्वजर्नेल कुलबहादुर खड्काको निधन

चर्चित "कटुवाल काण्ड" का प्रस्तावित प्रधानसेनापती पूर्वजर्नेल कुलबहादुर खड्काको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १३, २०७७ मंगलवार • २०:०३:४४ बजे
  • 4.1K
    SHARES
  • चर्चित "कटुवाल काण्ड" का  प्रस्तावित प्रधानसेनापती पूर्वजर्नेल कुलबहादुर खड्काको निधन
    नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको मंगलबार दिउँसो निधन भएको छ।

    काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत क्यान्सर पिडित पूर्वरथी खड्काको उपचारका क्रममा आज दिउँसो निधन भएको हो ।

    केही दिनअघि नर्भिक अस्पताल ल्याइएका उनको त्यसअघि मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको थियो।

    खड्का चर्चित ‘कटवाल प्रकरण’का प्रमुखमध्येका एक पात्र हुन्। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०६६ सालमा प्रधानसेनापति रुक्मांगद् कटवाललाई बर्खास्त गर्दै खड्कालाई प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको थियो।

    तर, सत्तासाझेदार तत्कालीन नेकपा एमालेलगायतका दलले नै यो निर्णयमा आपत्ति जनाउँदै सरकार छाडेपछि राष्ट्रपति डा। रामवरण यादवले कटवाललाई नै प्रधानसेनापतिमा थमौती गरेका थिए । यो प्रकरणपछि पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology