कथा का पात्र हरु बास्तबिक जीवन मा हावी भए पछि, मार्गदर्शक,रक्षक,भक्षक सबै पात्र हरु नै हुन्छन् ,जीवन को सुरुवात भन्दा पहिले बाट भएको त्यो नाटक को शिलशिला जब मान्छे तिनै पात्र को भुमिका निभाउदै मर्छ, जब तिनीहरु समाज मा आदर्शका पात्र को रुप मा स्थपित हुन्छन जब मानिस क्षणिक दुख भुलाउन कथा को पात्र को भक्ती मा लिन हुन्छन, एकै छिन लठ्ठीनु लाई शान्ति मान्छन,जब बेहोसी र शान्ति बिच फरक छुट्टाउन सकिँदैन तब ती कथा का पात्र हरु को प्रभाव ले समाज लाई कता पुराउदै छ त्यो साच्चै फरक पर्दैन रहेछ। एक हिसाब ले हेर्ने हो भने हाम्रो समाज मा विधि को शासन होइन बरु कथा को शासन चल्छ ,सयौं बर्ष अघि कथा का पात्र ले गरेका कर्म कुकर्म लाई संस्कार,परम्परा को धब्बा लगाइ दिएर आज को यस प्रबिधि को युग मा पनि निरंतरता दिइरहेका छौ र आउने पुस्ता लाई पनि बिरासत मा तिनै शडेगलेका मुल्य मान्यता हस्तान्तरण गर्ने वाला छौ।अब को पुस्ता त्यति सहजै लठ्ठीने वाला छैन त्यसैले धर्म का हरेक कुरिती लाई बैज्ञानिक नामाकरण गर्न लागि परेका छौ जस्तै बेतुके कुरा पनि भौतिक बिज्ञान संग जोडेर अङ्ग्रेजी मा भट्टयाए पछि बैज्ञानिक कहलिन्छ,पूर्वीय , पाश्चात्य जुन सुकै आस्था मा आज बिज्ञान जबर्जस्ति मिसाइदैछ किनकि उनिहरु लाई थाहा छ यो युग मा बिज्ञान को मिसावट नगरे धर्म को दोकान ठप्प हुने छ।
बैज्ञानिक कुरिती : आस्था को गर्भ बाट जन्मिने हरेक कुरिती लाई कुनै न कुनै बैज्ञानिक तवर ले न्यायसंगत ठहर गर्ने गरिएको छ।ती धर्म गुरु,योगि मोल्बी ,पादरी (जे भने र चिने पनि)का ती तमाम स्पष्टीकरण सुनेर परिवर्तन गर्नु पर्ने र संस्कृति को संरक्षण पनि गर्नु पर्ने जिम्मेवारी एकैचोटि पाएका आज को पुस्ता सहजै गलत दिशानिर्देश बनेका छन,एक तिर मान्दै आएको रिति रिवाज ,परम्परा चट्टै छोड्न नसकेको र अर्को तिर यी कुरिती को बेतुकेपन ,अतार्किकता,असामाजिक ,हावापन को बोध भएको तर बिचार र व्यबहार बिच को गहिरो खाडल मा फसेका बेला यस्ता धर्मभिरु हरु को कुरिती लाई बैज्ञानिक भन्ने दावा सुनेर आफुले मान्दै आएका कुरिती,कुसंस्कार लाई उचित सिद्ध गर्न लाग्छन,यसरी उचित सिद्ध गर्दै जादा महिनावारी बार्ने चलन बैज्ञानिक हो भन्न लाग्छन, वर्ण व्यवस्था संसार को उत्कृष्ट व्यवस्था भन्न सम्म पुग्छन,महिनावारी बार्नु भनेको विश्राम नै त हो, महिला ले बुर्का लगाए सुर्य को हानिकारक किरण हरु बाट बच्ने जस्ता तर्क निस्कन्छ्न।
प्रतिरोध को सिद्धान्त: भनिन्छ धर्म ले एउटा नैतिकता कायम गरिरहेको छ मान्छे लाई पाप कर्म गर्न रोकिरहन्छ,धर्म नै नहुने हो भने मान्छे लाई मनमानी गर्न कसैले रोक्दैन,आज को समय मा के साच्चै नै धर्म ले बाडेको नैतिकता ले मान्छे लाई अपराध गर्न बाट रोकिरहन्छ त ? यदि यस्तो हो सबै भन्दा धेरै आस्थिक जनसंख्या भएका भारत जस्ता मुलुक ,विश्व का प्रमुख असुरक्षित समाज हरु को सुचि मा किन आउछन अनि अनास्तिक हरु को जनसंख्या बढी भएका जापान जस्ता मुलुक हरु को अपराध दर विश्व कै नियुन किन? धर्म सधै शासक वर्ग को लागि उपयोगी हतियार बनेको छ धर्म ले शासक वर्ग लाई अपराध गर्न देवता हरु को युग भनिएको सत्य युग मा रोक्यो न आज नै रोकेको छ,धर्म ले शासक वर्ग का निम्ति पाप धुने कयौं विकल्प हरु दिएकै छन, हिन्दु ग्रन्थ हरु नै पल्टाएर हेर्ने हो भने इन्द्र ले ब्राह्मण को हत्या गरेका कारण ब्रह्मा ले सो पाप लाई आगो को पहिलो ज्वाला मा,नदि को पहिलो बाढी मा,पहाड र महिला को रजस्वला मा सारी दिएको कुरा आज पनि ऋषि पन्चमी का कथा हरु मा सुनाइन छ। यस्तै नेपाल को सन्दर्भ मा हेर्ने हो भने पनि विभिन्न राजा हरु ले पाप धुन कै लागि कयौ मन्दिर,पाटि पौवा को निर्माण गरेका थिए। यसरी आफुले गरेका कुकर्म लाई सहजै धुन मिल्छ भने त्यसले कसरी नैतिकता बचाई राख्छ? के अपराध गर्ने हरु सबै इश्वर नमान्ने हुन्छन त? अपराध ले(criminal behaviour) आस्तिक, नास्तिक ,बौद्ध ,हिन्दु,इसाई आदि देख्दैन। अपराध हुनु को पछि यस्का आफ्नै कारण हुन्छन अपराध शास्त्र का विभिन्न स्कुल अनुसार मानिस का कुण्ठित इच्छा हरु बाट, सामाजिक संरचना का कारण, गरिबी ,अभाव का कारण हरु बाट हुने गर्छन,यसलाई रोक्न पनि बैज्ञानिक संयन्त्र हरु को आवश्यकता पर्छ,कानुन को आवश्यकता पर्छ, कुनै धर्म(आस्था) ले लादेको नैतिकता ले अपराध कहिले रोकिएन र रोकिने पनि छैन। बरु धर्म(आस्था)को नाम मा गरिए का ९/११,३० बर्षे युद्ध,क्रुसेडस इतियादी आतंक ले मानव सभ्यता लाई चोट पुर्याएको छ।
आध्यात्म अर्को धर्म: त्यसो त युभल नोअह हरारि भन्छन अब धर्म लाई बिज्ञान ले होइन आध्यात्म ले हराउछ।तर आज भोलि कि व्यबहारीक आध्यात्म देख्दा लाग्छ यो अर्को धर्म बन्ने तगार मा छ। ध्यान लाई एक शारीरिक व्याम सरह व्यबहार मा ल्याउदा समय मिलाएर यस्को प्रयोग गरे यस्ले फाइदा नै पुर्याउछ तर जब ध्यान गरे मात्र जीवन र जगत लाई चिन्न सकिने,ध्यान नगर्ने,योग नगर्ने व्यक्ति ले जीवन र जगत चिन्नै नसक्ने, उसले बुझेको जीवन भ्रम उसले चिने को जगत असत्य भन्न लाग्छ तब समस्या सुरु हुन्छ।जब आध्यात्म मानवता केन्द्रित नभएर परमात्मा को खोजी मा मात्र लाग्ने उसैमा लिन भैइदिने प्रवृति को हुन्छ तब यो अर्को धर्म बन्छ। सत्य कसैले देखेको छैन,बुझेको छैन मानिस मा चेतना को बिकास भए देखि नै त्यो सत्य को खोजी भइरहेको छ यहि सत्य को खोजी मा भगवान को परिकल्पना आयो,आफ्ना अनुभव बाट नै आध्यत्म,चिकित्सा, सङ्गीत जस्ता विविध क्षेत्र को निर्माण भयो।विधाता को अभाव मा यो संसार शुन्य भइ दिन्छ, हामीले नदेखुन्जेल त्यो सत्य लाई नभेटुन्जेल हाम्रो लागि जगत को सत्य भनेकै शुन्य हो। तिमी ले आफ्ना भावना हरु बाट परमात्मा देखेउ अर्को ले देखेन,परमात्मा भनेको पनि भावना नै त रहेछ एउटा को भावना अर्को ले बुझ्न सक्ने महसुस गर्न सम्भावना कमै हुन्छ।यस अर्थ तिमी ले महसुस गरेको भावना नबुझ्ने,तिम्रो परमात्मा लाई नदेख्ने उ अज्ञानि, तल्लो स्तर को मानव भइ जादैन।