Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अनियमिततामा मुछिएको थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भंग,तदर्थ कार्यसमिति गठन

अनियमिततामा मुछिएको थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भंग,तदर्थ कार्यसमिति गठन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १३, २०७७ मंगलवार • २१:१४:४६ बजे
  • 3.8K
    SHARES
  • अनियमिततामा मुछिएको थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भंग,तदर्थ कार्यसमिति गठन
    मन्त्रिपरिषद बैठकले सञ्जीव थापा नेतृत्वको नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भंग गरेको छ ।

     सरकारले अनियमिततामा मुछिएको भन्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा थापा नेतृत्वको कार्यसमिति विघटन गरेको हो ।

    २०६४ सालदेखि थापा लगातार रेडक्रसको अध्यक्ष रहदै आएका थिए । राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीको संयोजक गठित भएको अध्ययन तथा अनुगमन समितिले रेडक्रसमा अनियमितताको विटघटन गर्न सिफारिस गरेपछि सरकारले बिघटन गरेको हो ।

    यसै गरी सरकारले नेपाल रेडक्रस सोसाइटीको वर्तमान कार्यसमिति भंग गर्दै तदर्थ कार्यसमिति गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले रेडक्रसको वर्तमान कार्यसमिति भंग गर्ने र ३३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो ।

    तदर्थ समितिको अध्यक्षमा डा। नेत्रप्रसाद तिम्सिनालाई मनोनयन गरिएको छ । उपाध्यक्षमा डा। विश्वकेशर मास्के, शर्मिला कार्की, महामन्त्रीमा पीताम्बर अर्याल, कोषाध्यक्षमा सीताराम कोइराला र उपकोषाध्यक्षमा होम पाठकलाई मनोनयन गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # रेडक्रस सोसाइटी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology