Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै स्वीजरल्याण्ड क्वाटरफाइनलमा

पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै स्वीजरल्याण्ड क्वाटरफाइनलमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७८ मंगलवार • १२:१७:१९ बजे
  • 1.5K
    SHARES
  • पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै स्वीजरल्याण्ड क्वाटरफाइनलमा

    एजेन्सी । यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न अन्तिम १६ को खेलमा विश्वकप विजेता फ्रान्सलाई हराउँदै स्वीजरल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ।

    images

    रोमानियास्थित नेशनल एरेनामा सम्पन्न प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा ३-३ को बराबरी भएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो। तर अतिरिक्त समयमा दुबै टिमले गोल थप्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। र, पेनाल्टीमा फ्रान्सलाई ५-४ ले हराउँदै स्वीजरल्याण्डले क्वाटरफाइनलको यात्रा तय गर्‍यो। खेलको १५ औं मिनेटमै ह्यारिस सेफरोभिचको गोलमा स्वीजरल्याण्डले अग्रता बनाएको थियो।

    पहिलो हाफमा एक गोलले पछि परेको फ्रान्सका लागि करिम बेन्जेमाले ५७ औं मिनेटमा किलियन एम्बाप्पेको पासमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यसअघि ५४ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा स्वीजरल्याण्डका रोड्रिगेज चुकेका थिए। त्यस्तै ५९ औं मिनेटमा फ्रान्सका लागि बेन्जेमााले अर्को गोल थप्दै अग्रता पनि दिलाए। खेलको ७५ औं मिनेटमा फेरि फ्रान्सकै लागि पाउल पोग्वाले गोल थप्दा फ्रान्स ३-१ गोलअन्तरले अवस्थामा थियो।

    यद्यपि स्वीजरल्याण्डले खेलमा पुनरागमन गर्न सफल भयो। खेलको ८१ औं मिनेटमा सेफेरोभिचले नै गोल गर्दा ९० औं मिनेटमा मारियो मारिओ गाभरनोभिचले गोल गरे। र, खेल अतिरिक्त समयमा पुग्यो। तर, अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुग्यो। पेनाल्टीमा फ्रान्सका किलियन एम्बाप्पे चुकेपछि स्वीजरल्याण्डले क्वाटरफाइनमा स्थान सुरक्षित गरेको हो। क्वाटरफाइनलमा स्वीजरल्याण्डले स्पेनको सामना गर्नेछ।

  • सम्बन्धित विषय:

  • # यूईएफए युरो कप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology