Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कपिलवस्तुमा पनि समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलन सुरु

कपिलवस्तुमा पनि समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलन सुरु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १३, २०७७ मंगलवार • २१:२३:५१ बजे
  • 3.0K
    SHARES
  • कपिलवस्तुमा पनि समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलन सुरु
    कपिलवस्तुमा पनि समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलन सुरु भएको छ । मंगलबार बिहान नमूना स्वाब परीक्षण रिर्पोटअनुसार जिल्लामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    संक्रमितमध्ये २८ जना पुरुष र ६ जना महिला शिवराजनगरपालिकाका स्थानीय रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। पुष्टि भएका संक्रमितमध्ये १३ जना समुदायमा रहेका व्यक्ति र २१ जना वैदेशिक रोजगारीबाट घर फर्किएका हुन् । संक्रमित ३४ जनामध्ये १२ जना भारत, ४ जना दुबई, २ जना साउदी अरेबिया र ३ जना कतारबाट आएका हुन् । 

    समुदायमा रहेका संक्रमित १३ जनामध्ये शिक्षक, वडाअध्यक्ष, वडा सचिव, विद्यार्थी लगायत छन् । सबै संकलित स्वाब नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा परीक्षण गरिएका हुन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology