Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालसहित ६ मुलुकबाट हुने सिधा उडान बन्द गर्‍यो टर्कीले

नेपालसहित ६ मुलुकबाट हुने सिधा उडान बन्द गर्‍यो टर्कीले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०७८ मंगलवार • १६:१०:३८ बजे
  • 922
    SHARES
  • नेपालसहित ६ मुलुकबाट हुने सिधा उडान बन्द गर्‍यो टर्कीले

    टर्कीले कोरोना भाइरसको महामारी फैलन सक्ने आशंका बीच सोमबारदेखि नेपालसहित ६ वटा मुलुकबाट हुने सिधा उडानमा रोक लगाएको छ । यसले युरोप र अमेरिकामा हुने नेपालीको यात्रा समेत प्रभावित हुने भएको छ ।

    images

    अहिले टर्कीबाट काठमाडौंका लागि टर्किस एयरलाइन्सले सातामा दुई उडान गरिरहेको छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान खुला गरेपनि टर्की सरकारले भने नेपालसहित भारत, माल्दिभ्स, श्रीलंका, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने सबै सिधा उडानमा रोक लगाएको हो ।

    अन्य मुलुकबाट टर्की प्रवेश गर्दा समेत यी ५ मुलुकमा पछिल्लो १४ दिनयता रहेको भए ४२ घन्टाभित्रको पिसिआर रिपोर्ट अनिवार्य र १४ दिन क्वारेन्टिन बस्ने गरी मात्र टर्की प्रवेश गर्न निर्णय त्यहाँको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । पाकिस्तान र अफगानिस्तानबाट जाने यात्रुलाई भने १० दिन क्वारेन्टिन अनिवार्य गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # उडान बन्द
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology