Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

युक्रेन पहिलो पटक युरोकप फुटबलको क्वाटरफाइनलमा,इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने

युक्रेन पहिलो पटक युरोकप फुटबलको क्वाटरफाइनलमा,इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १६, २०७८ बुधवार • ०९:४६:४४ बजे
  • 1.1K
    SHARES
  • युक्रेन पहिलो पटक युरोकप फुटबलको क्वाटरफाइनलमा,इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने

    पोखरा । स्विडेनलाईलाई पराजित गर्दै युक्रेन पहिलो पटक युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो ।

    images

    स्कटल्याण्डको ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोबबिकद्ये एक गोल गरे । स्वीडेनका लागि एमिल फोर्सवर्गले एक गोल फर्काए । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । त्यसअघि २७ औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए ।

    यार्मोलेन्कोको तर ४३ औं मिनेटमा फोर्सवर्गले स्वीडेनका लागि बराबरी गोल फर्काएका थिए । यस्तै खेलको ९८ औं मिनेटमा मार्कुस डानिलसनले रातो कार्ड पाएपछि स्वडेन १० खेलाडीमा समेटियो । त्यसैको फइदामा अर्टिमले अन्तिम समयमा गोल गरे । यस जितपछि युक्रेन क्वाटरफाइनलमा पुग्ने आठौं टोली बन्दा स्वीडेन भने बाहिरिएको छ ।

    पहिलो पटक युरोको समूह चरण पार गरेको युक्रेनले नकआउट चरणमा पनि पहिलो खेल जितेको हो । । अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी

  • सम्बन्धित विषय:

  • # यूईएफए युरो कप
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology