पोखरा । जर्मनीलाई हराउदै इंग्ल्याण्ड युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा हो ।
जितसँगै इंग्ल्याण्डले सन् १९९६ को युरो सेमिफाइनलमा बेहोरेको हारको बदला समेत लिएको छ । लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा इंग्ल्याण्डले दुई गोल गर्यो ।
राहम स्टर्लिङले ७५औं मिनेटमा इंग्ल्याण्डलाई अग्रता दिलाए भने कप्तान ह्यारी केनले ८६औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे । जर्मनीको हारपछि ग्रुप अफ डेथमा रहेका सबै टिम युरो २०२० बाट बाहिरिएका छन् ।
साविक विजेता पोर्चुगल र फ्रान्स अन्तिम १६ बाटै बाहिरिसकेका छन् ।एजेन्सी