Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वीरगञ्जमा सेना, प्रहरी ,स्वास्थ्यकर्मी र कैदीबन्दी सहित थप ३४ जनामा कोरोना

वीरगञ्जमा सेना, प्रहरी ,स्वास्थ्यकर्मी र कैदीबन्दी सहित थप ३४ जनामा कोरोना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १४, २०७७ बुधवार • ०९:२०:४९ बजे
  • 1.6K
    SHARES
  • वीरगञ्जमा सेना, प्रहरी ,स्वास्थ्यकर्मी र कैदीबन्दी सहित थप ३४ जनामा कोरोना
    वीरगञ्ज- पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिए । जसमध्ये ५ जना बालबालिका र १० जना महिला छन् ।

    वीरगञ्जका वडा नं ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका बासिन्दामा संक्रमण देखिएको हो । नेपाली सेनाका १ जना, नेपाल प्रहरीका ३ जना, कैदीबन्दी ६ जना, कारागारका कर्मचारी २ जना, स्वास्थ्यकर्मी १ जना र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

    पर्सामा कोरोना संक्रमितको संख्या बढेर व्यवस्थापनमा समस्या भइरहेको छ । यसअघि नै ४८ जना संक्रमित अस्पतालसम्म पुग्न पाएका छैनन् । उनीहरु घरमै छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology