Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाढी वस्तीमा पसेपछि एक सय घर परिवार प्रभावित

बाढी वस्तीमा पसेपछि एक सय घर परिवार प्रभावित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण १४, २०७७ बुधवार • ०९:२४:४९ बजे
  • 1.1K
    SHARES
  • बाढी वस्तीमा पसेपछि एक सय घर परिवार प्रभावित
    कैलाली- कैलालीका भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका वस्तीहरुमा बाढी पस्दा  करिब एक सय घर परिवार प्रभावित भएका छन् ।

    गएराति आएको बाढी वस्तीमा पसेपछि सवै परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रतीक विष्टले जानकारी दिए ।भजनी नगरपालिकाको वडा नम्बर २ को मोहनपुर, वडा नं। ३ को ढुसी गाउँ, वडा नम्बर ५ को फुलियापुर गाउँमा बाढी पसेको हो ।

    ढुसी गाउँको चेकड्याम भत्काएर बाढी वस्तीमा पसेको भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले जानकारी दिए ।वडा नम्बर २ र वडा नम्बर ३ मा काँढा नदीको बाढी र वडा नम्बर ५ मा कान्द्रा नदीको बाढी वस्तीमा पस्ने गरेको मेयर चौधरीले बताए ।

    यसैगरी कैलालीकै जोशीपुर गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, ६ र ७ का वस्ती पनि डुबानमा परेका छन् । गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले खमरिया टोल, झबही, खैरेनी, हसनापुरको पूर्वी टोल, बाँणी, मैनपोखरी, बढैया, रतनपुर, मनकापुर, भित्रैया, घैला गाउँ, बौनिया गाउँलगायतका स्थान डुबानमा परेको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology