Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सन्दीपले सिपिएल खेल्ने पक्का

सन्दीपले सिपिएल खेल्ने पक्का

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७७ बुधवार • ११:४३:१६ बजे
  • 1.1K
    SHARES
  • सन्दीपले सिपिएल खेल्ने पक्का

    चर्चित नेपाली बलर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जाने पक्का भएको छ । यसअघि केही अन्योलता रहेपनि उनी भोली अर्थात विहीबार विहान जाने भएका छन् ।

    images

    कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय हवाई उडान सुरु नभएपनि उनी चार्टड उडानमार्फत अमेरिका हुँदै सिपिएल खेल्न ट्रिनिडाड पुग्ने भएका हुन् । अन्तर्राष्ट्रिय उडान नभइरहेका बेला सरकारसँग आग्रह गरेपछि सन्दीप विहीबार विहान साढे १० मा नेपालबाट हुने चार्टड उडानमार्फत जाने तय भएको हो ।

    सन्दीप आइतबार वेष्ट इन्डिज पुग्नेछन् । लगातार तेस्रो सिजनमा सिपिएल खेल्न लागेका सन्दीप यसपटक एक लाख ३० हजार अमेरीकी डलरमा जमैका तालावाजबाट खेल्दै छन् ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology