Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी खेलाडी र अफिसियलसहित २० जनामा कोरोना पुष्टि

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी खेलाडी र अफिसियलसहित २० जनामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ १७, २०७८ बिहिवार • १६:४६:४१ बजे
  • 811
    SHARES
  • नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी खेलाडी र अफिसियलसहित २० जनामा कोरोना पुष्टि

    पोखरा । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी रहेका खेलाडी र अफिसियलसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    २० जनालाई कोरोना पुष्टि भएपछी अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबारदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण स्थगित भएको छ । एन्फा प्रवक्ता किरण राईले प्रशिक्षणअघि गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको बताए ।

    राईले संक्रमण देखिएकाहरुमा पुन: कोरोना परीक्षण गरिएको र बिहीबार नै रिपोर्ट आउने पनि बताए । कोरोना संक्रमण देखिएकाहरु अहिले आइसोलेसन र होम आइसोलेसनमा छन् ।

    आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण एक साता पछिलाई सारिएको एन्फाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत जनाएको थियो । साफ च्याम्पियनका लागि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा ५० खेलाडी बोलाएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology