Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सामाजिक सञ्जालका कारण इजिप्टमा पाँच महिलालाई जेल

सामाजिक सञ्जालका कारण इजिप्टमा पाँच महिलालाई जेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७७ बुधवार • ११:४६:४५ बजे
  • 1.4K
    SHARES
  • सामाजिक सञ्जालका कारण इजिप्टमा पाँच महिलालाई जेल
    एजेन्सी । इजिप्टमा पाँच जना महिलाहरुलाई दुई वर्षका लागि जेल हालिएको छ । उनीहरुलाई १४ लाखभन्दा बढी जरिवाना पनि लगाइएको छ । ती महिलाहरुलाई समाजको माहोल बिगारेको आरोप लगाइ जेल हालिएको हो ।
    इजिप्टमा सोमबार ती पाँच महिलाहरुलाई टिकटक चलाएकोमा दुई वर्ष सजाय सुनाइएको छ । उनीहरु माथि समाजको माहोल बिगारेको आरोप लगाइएको छ । त्यसैगरी तीन लाख इजिप्सियन पाउण्ड जरिवाना पनि गरिएको छ ।
    ती महिलाहरु मध्ये हनीम होसाम र मोवादा अल–अधम पनि सम्लग्न छन् । सामाजिक सञ्जालमा यिनीहरुका लाखौं फलोअर छन् । होसामले टिकटकमा तीन मिनेटको भिडियो हालेर १३ लाख फलोअर बनाएकी छन् । उनले ती फलोअरलाई महिलाहरु मसँग काम गरेर पैसा कमाउन सक्छन् भनेकी छन् ।
    त्यसैगरी अर्की महिला अधमले टिकटक र इन्स्टाग्राममा कतिपय भिडियोहरु अपलोड गरेकी थिइन् । यो भिडियो सार्वजनिक भएपछि अप्रिलमा होसामलाई र मईमा अधमलाई सरकारले गिरफ्तार गरेको थियो ।

    यी महिलाहरुको गिरफ्तारी पश्चात देशमा रुढीवादीका प्रति सामाजिक विभाजनलाई लिएर बहस शुरु भएको छ । यस बिषयमा मानवअधिकारको क्षेत्रमा काम गर्ने वकिल तारेक अल अवदीले यसप्रकारको गिरफ्तारी आधुनिक सूचना र प्रविधिको युगमा पनि रुढीवादीहरु समाजलाई कसरी आफ्नो काबूमा राख्दछन् भन्ने प्रष्ट भएको बताए । ‘प्रविधिको क्रान्ति भइरहेको छ, सरकाले यसलाई स्वीकार्नु पर्दछ, ’ उनले भने ।
    इजिप्टमा इन्टरनेट प्रयोगकर्ताहरुका लागि धेरै नै कडा नियम छ । अधिकारीहरु राष्ट्रिय सुरक्षाको खतरा बताउँदै कुनै पनि वेभसाइट बन्द गर्न सक्दछन् । यहाँ पाँच हजार भन्दा पनि बढी फलोअर भएका हरेक सोशल मिडियाका एकाउण्टमा निगरानी गर्ने गरिन्छ । इजिप्टका १० करोडभन्दा बढी जनसंख्यामा ४० प्रतिशतको पहुँचमा इन्टरनेट पुगी सकेको छ ।

  • सम्बन्धित विषय:

  • # कारागार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology