पोखरा । बैदेशिक रोजगारको सिलसिलामा मलेसिया रहेका नेपालीहरुले कोभिड १९ का विरामीहरुका लागी अति आवश्यक पर्ने बाइप्याप भेन्टिलेटर सरकारलाई सहयोग गरेका छन ।
मलेसियामा रहेका नेपालीहरूको सक्रियता रहेको सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले उक्त सहयोग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हो । वेस्टर्न डिजिटलमा कार्यरत नेपाली र लभ पेनाङ नेटवर्कको सहकार्यमा सामाजिक कल्याण संघ जनउद्धार केन्द्र मलेसियाले ६५ थान बाइप्याप भेन्टिलेटर मन्त्रालयकालाई हस्तान्तरण गरेका हुन । उक्त सामग्री गाउ र नगरपालीकामालाई हेर्ने जिल्लास्तरका अस्पतालहरुमा पुर्याइने बताइएको छ ।
जनउद्धार केन्द्रको सद्भावना दूत समेत रहेका हास्यकलाकार मनोज गजुरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेललाई उक्त सहयोग गाउँ स्तरमा पुर्याउन भन्दै विहिबार हस्तान्तरण गरेका हुन् ।
सहयोगबाट प्राप्त भएका भेन्टिलेटर आवश्यकता अनुरुप नै विभिन्न गाउँ र शहरमा नै पुग्ने उल्लेख छ । डा. रोशनमा अनुसार जिल्ला अस्पतालहरूको आवश्यकता अनुसार नै पठाइने छ ।