Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

साइनोफार्म खोप १० लाख डोज नेपाल ल्याइदैं

साइनोफार्म खोप १० लाख डोज नेपाल ल्याइदैं

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०७८ शुक्रवार • १४:४१:४० बजे
  • 1.0K
    SHARES
  • साइनोफार्म खोप १० लाख डोज  नेपाल ल्याइदैं

    अर्को साता चीनबाट न्यूनतम १० लाख डोज साइनोफार्म खोप नेपाल आइपुग्ने भएको छ । जुलाई ८ तारिखमा सो परिमाणको खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने भएको छ । निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले न्यूनतम १० लाख डोज खोप ल्याउन जहाज त्यसतर्फ जान लागेको जानकारी नेपाल पे्रसलाई दिए ।

    images

    अहिलेलाई न्यूनतम १० लाख ल्याउने भन्ने कुरा भएको छ । परिमाण त्यो भन्दा पनि बढ्न सक्छ’ उनले भने । खोप ढुवानीका लागि केही दिनमै साइनोफार्मलाई अनुरोध गरिएपनि जुलाई ८ मा जाने निश्चित भएको जानकारी पौडेलले दिए ।

    बालुवाटारमा शुक्रबार भएको एमाले केन्द्रिय कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री केपी शर्मा ओलीले पनि केही दिनमै खोप आउने बताएका थिए ।

  • सम्बन्धित विषय:

  • # साइनोफार्म खोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology