Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

खुसीको खबर कोरोना निको हुनेको संख्या १४ हजार नाघ्यो

खुसीको खबर कोरोना निको हुनेको संख्या १४ हजार नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७७ बुधवार • १७:३१:१० बजे
  • 1.4K
    SHARES
  • खुसीको खबर  कोरोना निको हुनेको संख्या १४ हजार नाघ्यो
    नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म १४ हजार २१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।  बुधबार मात्रै १ सय ४६ जना डिस्चार्ज भएका छन् ।  प्रदेश नम्बर १ मा ७ सय ८९, प्रदेश नम्बर २ मा ३ हजार १८, बागमती प्रदेशमा ५ सय १८ र गण्डकी प्रदेशमा १ हजार २ सय २७ जना डिस्चार्ज भएका छन् ।
    यस्तै प्रदेश नम्बर ५ मा  ३ हजार ९ सय १०, कर्णाली प्रदेशमा १ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ७३ जना डिस्चार्ज भएका छन् । आजसम्म पीसीआर विधिबाट ३ लाख ५८ हजार ३ सय ४४ जनाको कारोना परीक्षण भएको छ ।
    हालसम्म निको भएकासहित नेपालमा कोरोना संक्रमितको कूल संख्या १९ हजार २ सय ७३ पुगेको छ । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology