Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हुवावेइ कम्पनी एप्पल जत्तिकै शक्तिशाली,अमेरिकी चिप निर्माता कम्पनी क्लाइकम सिइओ :एमोन

हुवावेइ कम्पनी एप्पल जत्तिकै शक्तिशाली,अमेरिकी चिप निर्माता कम्पनी क्लाइकम सिइओ :एमोन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०७८ शनिवार • १५:३८:५४ बजे
  • 2.2K
    SHARES
  • हुवावेइ कम्पनी एप्पल जत्तिकै शक्तिशाली,अमेरिकी चिप निर्माता कम्पनी क्लाइकम सिइओ :एमोन

    एजेन्सी । अमेरिकी चिप निर्माता कम्पनी क्वालकम इङ्कको नयाँ सिइओ क्रिस्टियानो एमोनले हुवावेइ कम्पनी एप्पल सरह शक्तिशाली रहेको बताएका छन् । हालैमात्र कम्पनीको सिइओ नियुक्त भएका उनले स्मार्टफोनको बजारमा एप्पलजस्तै हुवावेइ पनि उत्तिकै शक्तिशाली रहेको बताएका छन् ।

    images

    उनले चिनियाँ बजारमा समेत क्वालकमलाई बलियो बनाएर अझ धेरै आम्दानीको श्रोत निर्माण गर्ने अपेक्षा रहेको बताए । उनले जुन रुपमा आज हुवावेइको बजारमा ठूलो असर परेको छ, त्यसले स्मार्टफोनको बजारमा ‘ग्याप’ सिर्जना भएको बताए । उनले हाई–इन्ड स्मार्टफोनमा हुवावेइका लागि राम्रो अवसर रहेको र त्यसैबाट पनि एप्पलको जस्तै ठूलो बजार स्थापित गर्नसक्ने बताए ।

    उनले चिनियाँ ब्रान्डमा लगाइएको प्रतिबन्धका कारण कम्पनीको आम्दानीमा समेत असर परेको उल्लेख गरेका छन् । गत वर्ष मात्रै कम्पनीले चिपसेटको बिक्रीबाट १६ दशमलव ५ बिलियन डलर आम्दानी गरेको थियो जसमा १२ दशमलव ८ बिलियन डलर आम्दानी मोबाइल फोनबाटै भएको थियो ।

  • सम्बन्धित विषय:

  • # हुवावेइ कम्पनी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology