Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भ्याक्सिन

विश्वमा कोरोना भाइरसको भ्याक्सिन दुई साताभित्र आउदै

विश्वमा कोरोना भाइरसको भ्याक्सिन दुई साताभित्र आउदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७७ बुधवार • १७:३६:५३ बजे
  • 1.5K
    SHARES
  • विश्वमा कोरोना भाइरसको भ्याक्सिन दुई साताभित्र आउदै
    एजेन्सी । रुसले विश्वमा कोरोना भाइरसको भ्याक्सिनलाई स्वीकृति दिने पहिलो देशका रुपमा आफुलाई उभ्याउने गरी तयारी गरिरहेको छ, अधिकारीहरुकाअनुसार दुई साताभित्रै भ्याक्सिनले आधिकारिकता पाउनेगरी तयारी गरिएको छ ।  यद्यपि भ्याक्सिनको सुरक्षा, प्रभावकारिता र रुसले यसको विकासका चरणहरु पार गरे–नगरेको विषयमा अझै चासो कायम रहेको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ । 

    रुसी अधिकारीहरुले सिएनएनलाई बताएअनुसार उनीहरुले अगस्ट १० वा त्यसभन्दा अघि भ्याक्सिनलाई स्वीकृति दिलाउनेगरी काम अघि बढाइरहेका छन्, मस्कोस्थित गामेल्या इन्स्टिच्युटले यस भ्याक्सिनको विकास गरेको हो । 
    उनीहरुका अनुसार यो भ्याक्सिन सर्वसाधारणको प्रयोगका लागि स्वीकृत हुनेछ र पहिलो प्राथमिकता स्वास्थकर्मीलाई दिइनेछ ।
    ‘यो स्पुटनिक मुभमेन्ट हो,’ १९५७ मा सोभियत युनियनले सार्वजनिक गरेको विश्वकै पहिलो स्याटेलाइटको प्रसङ्ग झिक्दै रुसको सोभरेन वेल्थ फन्डका प्रमुख किरिल डेमीट्रिभले भने । यस निकायले रुसी भ्याक्सिनका लागि लगानी गरिरहेको छ । ‘स्पुटनिकको आवाज सुनेर अमेरिकीहरु आश्चर्यचकित भएका थिए । अहिले यो भ्याक्सिनलाई लिएर त्यस्तै भएको छ । रुसले सबैभन्दा पहिले बनाउनेछ,’ उनले थपे । 
    यद्यपि,रुसले आफ्नो भ्याक्सिन परीक्षणबारे कुनै वैज्ञानिक तथ्य सार्वजनिक गरेको छैन र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि यसको सुरक्षा र प्रभावकारिताबारे चासो राखिरहेका छन् । आलोचकहरुले रुसी राष्ट्रपतिको कार्यालय अर्थात् क्रेमलिनको दबाबका कारण भ्याक्सिन चाँडै बाहिर ल्याउन खोजिएको आरोप लगाएका छन्, राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई विश्वको विज्ञान शक्तिका रुपमा चित्रित गराउन खोजेका छन् । कतिपय आलोचकहरुले यस भ्याक्सिनको मानवीय परीक्षण पूरा नभएको आरोप समेत लगाएका छन् । 
    संसारभर अहिले दर्जनौं भ्याक्सिनको परीक्षण चलिरहेको छ र थोरै भ्याक्सिनले मात्रै ठूलो संख्यामा परीक्षण गरिरहेका छन्, धेरैजसो भ्याक्सिन विकासकर्ताहरुले भ्याक्सिनलाई स्वीकृति दिनुपूर्व गर्नुपर्ने धेरै काम बाँकी रहने भन्दै सतर्क समेत गराएका छन् । 
    केही भ्याक्सिनहरु तेस्रो चरणको क्लिनिकल ट्रायलबाट गुज्रिरहेका बेला रुसी भ्याक्सिनले भने अझै दोस्रो चरणको ट्रायल पूरा गर्न बाँकी छ । भ्याक्सिन विकासकर्ताहरुले ३ अगस्टमा यो परीक्षण पूरा हुने र त्यसपछि तेस्रो चरणको क्लिनिकल ट्रायलसँगै समानान्तर रुपमा स्वास्थकर्मीलाई पनि भ्याक्सिन लगाइदिने बताएका छन् । रुसी वैज्ञानिकहरुले यो भ्याक्सिन यसअघि नै अन्य रोगविरुद्ध लड्नका लागि तयार गरिएका भ्याक्सिनहरुको संशोधित स्वरुप रहेकाले यसलाई चाडैं विकास गरिन लागिएको बताए । अन्य, धेरै देश र कम्पनीहरुले पनि यही दृष्टीकोणलाई अगिंकार गरेका छन् ।
    अमेरिकी सरकारको सहयोगमा भ्याक्सिन विकास गरिरहेको मोडर्ना कम्पनी, जसले मंगलबारदेखि तेस्रो चरणको परीक्षण सुरु गरेको छ, उसले पनि मार्ससँग सम्बन्धित भ्याक्सिन विकास गरिरहेको थियो र त्यसैको जगमा उभिएर कोरोनाको भ्याक्सिन निर्माण गर्न लागेको हो ।  यसले भ्याक्सिनको विकास प्रक्रियालाई तिव्र बनाएपनि अमेरिका र युरोपका नियामक निकायहरुले भ्याक्सिनको सुरक्षा र प्रभावकारिता परीक्षण पूर्ण हुनुपर्ने जोड दिएका छन् । 
    सैनिकमा परीक्षण 
    रुसी रक्षामन्त्रालयका अनुसार रुसी सैनिकहरुले भ्याक्सिनको मानवीय परीक्षणमा स्वयंम्सेवकको भूमिका निभाएको जनाएको छ । भ्याक्सिन विकास परियोजनाका निर्देशक अलेक्जेन्दर गिन्सवर्गले सिएनएनसँगको कुराकानीमा आफुले पनि भ्याक्सिन लगाइसकेको जानकारी दिएका छन् ।
    रुसी अधिकारीहरुका अनुसार विश्वव्यापी महामारी र रुस आफैं पनि कोरोना भाइरसको समस्यामा रहेका कारण भ्यासिनलाई फास्ट ट्रयाकबाट स्वीकृति दिन लागिएको हो । रुसमा अहिलेसम्म ८ लाखभन्दा धेरैमा कोरोना देखिइसकेको छ । ‘हाम्रा वैज्ञानिकहरु पहिलो हुनेमा केन्द्रीत होइन जनताको रक्षा गर्नमा केन्द्रीत छ,’ डेमीट्रिभले भने । एजेन्सी

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology