Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इक्वेडरलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका सेमिफाइनलमा

इक्वेडरलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका सेमिफाइनलमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २०, २०७८ आइतवार • ०९:२३:५१ बजे
  • 790
    SHARES
  • इक्वेडरलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका सेमिफाइनलमा

    एजेन्सी । क्वाटरफाइनलको खेलमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका सेमिफाइनल प्रवेश गरेको छ।

    images

    स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न खेलमा इक्वेडरमाथि ३-० को जित निकाल्दै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको हो। खेलको ४० औं मिनेटमा रोड्रिगो डी पउलको गोलमा अग्रता बनाएको अर्जेन्टिना पहिलो हाफमा एक गोलले अघि रह्यो।

    खेलको ८४ औं मिनेटमा लौटरो मार्टिनेजले गोल गर्दै अग्रता दोब्बर बनाउँदा खेलको अतिरिक्त समयमा कप्तान लियोनल मेस्सीले अर्को गोल थपेका थिए। त्यस्तै आजै बिहान सम्पन्न अर्को खेलमा उरुग्वेलाई हराउँदै कोलम्बियाले सेमिफाइनलमा स्थान बनाएको थियो।

    निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो जहाँ कोलम्बियाले ४-२ गोलअन्तरले जित निकाल्यो। कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिल र पेरु तथा अर्जेन्टिना र कोलम्बिया भिड्नेछन्।

  • सम्बन्धित विषय:

  • # कोपा अमेरिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology