Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

करेन्ट लागेर एक कामदारको मृत्यु

करेन्ट लागेर एक कामदारको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०७७ बुधवार • २०:००:०६ बजे
  • 1.0K
    SHARES
  • करेन्ट लागेर एक कामदारको मृत्यु

    महोत्तरीको सदरमुकाम जलेश्वरमा आज करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–८ बस्ने सञ्जय राउतका छोरा १७ वर्षीय रुपेश राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

    images

    जलेश्वर नपा–१ स्थित डायमण्ड इन्जिनीयरिङ वर्कशपमा काम गर्दै आएका कामदार राउत आज बेलुका करिब ४।३० बजे वेल्डिङ गरिरहेको क्रममा अचानक सर्ट सर्किट भई उनको शरीरमा करेन्ट प्रवाहित हुँदा उनको मृत्यु भएको हो ।

    मृतक कामदार राउतको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology