Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु

आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७८ मंगलवार • ११:५९:२९ बजे
  • 1.2K
    SHARES
  • आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु

    आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान सुरु हुँदैछ । भेरोसेल खोपको पहिलो डोज लगाइसकेकालाई सरकारले आजदेखि दोस्रो डोज दिन लागेको हो । गत जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो डोज दिइएको थियो ।

    images

    उनीहरूलाई २१ देखि २८ दिनभित्रमा दोस्रो खोप दिने निर्णय भएअनुसार दोस्रो खोप दिन लागिएको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए । यसअघि भेरोसेल खोपको पहिलो डोज लगाएका सबैले आजदेखि सुरु हुने खोप अभियानमा दोस्रो डोज लिन पाउने छन् । एक महिनाअघि पहिलो डोज लगाएकाहरु र त्यस पहिले पनि पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुले पनि खोप लगाउन पाउने छन् ।

    पछिल्लो पटक भेरोसेलको पहिलो खोप लगाएकाहरुको सङ्ख्या झण्डै ५ लाख रहेको थियो । यसअघि छुटेकासमेतलाई पुग्ने गरी दोस्रो डोजको व्यवस्था मिलाइएको डा शर्माले बताए । दोस्रो डोजका लागि काठमाडौं उपत्यकामा झण्डै एक सय ठाउँमा खोप केन्द्र तोकिएका छन । आजदेखि दिइने भेरोसेल खोपको दोस्रो डोज लगाउन काठमाडौं महानगरभित्र १३ वटा र काठमाडौं अरु पालिकामा दुई, दुई ठाउँमा खोप केन्द्र तोकिएका छन ।

    भक्तपुरको ३८ वटा ठाउँमा खोप केन्द्र तोकिएका छन् । ललितपुरमा पालिकालाई नै खोप वितरणको मिति र केन्द्र तोक्ने जिम्मा दिइएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइनेछ । खोप लगाउनका लागि पहिलो डोज लगाएको कार्ड अनिवार्य गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोनाविरुद्धको खोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology