Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरबेटीको कम्पनीसहित १५ वटा कम्पनी कालोसूचीमा

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरबेटीको कम्पनीसहित १५ वटा कम्पनी कालोसूचीमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०७८ मंगलवार • १३:३७:३६ बजे
  • 1.3K
    SHARES
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरबेटीको कम्पनीसहित १५ वटा कम्पनी कालोसूचीमा

    पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' का घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको कम्पनीसहित १५ वटा कम्पनी लाई सरकारले कालोसूचीमा राखेको छ।

    images

    कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले अधिकारीको कम्पनीलाई दुई वर्ष कालोसूचीमा राखेको हो।

    समयमा रसायनिक मल नल्याएको भन्दै लिमिटेडले अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेज प्रा।लिलाई दुई वर्ष कालोसूचीमा राखेको हो। शैलुङ इन्टरप्राइजेजका मुख्य व्यक्ति भने निकेश अधिकारी हुन्।

    शैलुङ कन्स्ट्रक्सन र शैलुङ इन्टरप्राइजेज दुबै शारदाप्रसादका हुन्। यस्तै, प्रहरी प्रधान कार्यालयको सिफारसमा पूजा ट्रेडिङ एन्ड अर्डर सप्लायर्सलाई दुई वर्ष कालोसूचीमा राखिएको छ।

    यस्तै, हिमालयन कन्स्ट्रक्सन, निर्माण सेवा, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, डिएमएस बुट इन्डस्ट्रिज प्रालिलगायत छन्। डिएमएसलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा दुई वर्ष कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ।

    डिएमएस सशस्त्र र नेपाल प्रहरीलाई बुट सप्लाई गर्ने कम्पनी हो।

  • सम्बन्धित विषय:

  • # कम्पनी कालोसूचीमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology